ताजा समाचार:
Search

रघुगंगाका महिलाहरु नेतृत्व र क्षमता विकासमा अग्रसर

सन्तोष गौतम/विकल्प न्यूज
मौवाफाँट १ असार ।

 IMG_4691आफ्नो भावना र बिचार व्यक्त गर्ने सीपको अभावमा पछि परेका रघुगंगा गाउँपालिकाका महिलाहरु नेतृत्व तथा क्षमता विकासमा अग्रसर भएका छन् ।

गाउँपालिकाका महिला जनप्रतिनिधि, आमा समूह, युवा क्लब र सामाजिक संघ संस्थाको अगुवाई गरिरहेका महिलाहरु आफ्नो बिचार र भावनालाई प्रभावकारी ढङगले व्यक्त गर्ने भनेर तालीम लिएका छन् । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको तिन दिने नेतृत्व तथा क्षमता विकास तालीम शुक्रबार मौवाफाँटमा सम्पन्न भएको छ ।

तालीममा गाउँपालिकाको ८ वटै वडाका पाँच जनाका दरले ४० जनाको सहभागिता रहेको तालीम संयोजक खरिदार सोनीया आचार्य अर्यालले बताउनुभयो । सहभागीहरुलाई म्याग्दी जेसीजका अध्यक्ष रमेशकुमार श्रेष्ठले भाषण, उद्घोषण कला, कार्यक्रम सञ्चालन तथा मन्तब्य व्यक्त गर्ने तरिकाको विषयमा सहजिकरण गर्नुभएको थियो । IMG_4666ग्रामिण क्षेत्रका महिलाहरु आफ्नो बिचार र समस्या व्यक्त गर्न नसकेर पछि र समस्यामा परेकाले उनीहरुलाई विकासको मुल धारमा ल्याउन तालीम सञ्चालन गरिएको गाउँपालीकाका उपाध्यक्ष कमला तिलीजाले बताउनुभयो । आफ्नो परिचय समेत भन्न नसक्ने अवस्थाका महिलाहरु तालीमपछि निर्धक्कसंग बोल्न सक्ने भएका छन् ।

तालीम लिएपछि बैठक, सभा समारोहमा कसरी प्रस्तुत हुने र कार्यक्रम सञ्चालन गर्ने तरीकाको विषयमा जानकारी पाएको सहभागी कुईनेमंगलेकी लक्ष्मी छन्त्यालले बताउनुभयो । गाउँपालिकाले यसअघि वडा न. ३ पिप्लेका महिलाहरुलाई पनी नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालीम दिएको थियो ।