म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै

सन्तोष गौतम/नवविकल्प
आसर १० गते । beniम्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।

संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका हुन् । संघीय र प्रदेश सरकारको अनुदान, चालु आर्थिक वर्षमा बिनियोजन भएर खर्च हुन नसकेको रकम र आन्तरिक आयस्रोतलाई आधार बनाएर बजेट ल्याउने तयारी पुरा भएको स्थानीय तहहरुले जनाएका छन् ।  Nawa Bikalpa 10-39पहिलो वर्ष टुक्रे योजनामा धेरै बजेट छरेर आलोचना र अप्ठ्यारो ब्यहोरेका जनप्रतिनिधिहरुले यसपाली गौरवका आयोजना छानेर देखिने किसीमका प्रभावकारी योजनामा बजेट बिनियोजन गर्ने बताएका छन् । संघीयतालाई संस्थागत गर्दै पूर्वाधार र सामाजिक विकासका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

“बिगतको अनुभवको आधारमा जनताले राहत महशुस गर्ने किसीमका प्रभावकारी योजनालाई प्राथमिकता दिएका छौ” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “टोल, बस्ती, वडा, विषयगत समिति हँुदै कार्यपालिबाट छनौट र प्राथमिकता भएका योजनालाई बजेट प्रस्ताव गरिएको छ । ”

सडक, भवन, खानेपानी, विद्युत, सिँचाई र पर्यटन पूर्वाधार तथा कृषि, पशुपालन सम्बन्धि योजनालाई बजेट बिनियोजनमा प्राथमिकता दिइएको जनप्रतिनिधिहरुले बताएका छन् । संघीय सरकारबाट साढे ४१ करोड, प्रदेशबाट एक करोड ९२ लाख रुपैयाँ अनुदान पाएको बेनी नगरपालिकाले करिब ५३ करोड रुपैयाँको बजेट ल्याउने प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुषालले बताउनुभयो । beni nagarpalikaयस वर्ष डेढ करोड रुपैयाँ आन्तरिक आयस्रोत जुटाउने लक्ष्य राखेको नगरपालिकाले आगामी आर्थिक वर्षमा दुई करोड ८३ लाख रुपैयाँ आन्तरिक आय प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षदेखि नगरक्षेत्रमा लागु हुने एकिकृत सम्पत्ति करबाट एक करोड भन्दा बढी आम्दानी हुने अनुमान गरीएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

बेनपाले चालु आर्थिक वर्षमा ३७ करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट बिनियोजन गरेको थियो । संघीय र प्रदेश अनुदानमा आश्रीत स्थानीय तहको बजेटमा आन्तरिक आम्दानीको हिस्सा न्युन छ । dhaulagiri gaupalikaचालु आर्थिक वर्षका लागि २६ करोड ९३ लाख २७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको धौलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ३२ करोड २६ लाख ६९ हजार रुपैयाँको बजेट ल्याउने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । संघीय सरकारबाट २२ करोड ६१ लाख रुपैयाँ अनुदान पाएको धौलागिरीले प्रदेशबाट एक करोड २६ लाख प्राप्त गरेको छ । बिस लाख रुपैया आन्तरीक स्रोतबाट जुटाउने धौलागिरीले लक्ष्य राखेको छ ।

विकट र भुगोलको आधारमा जिल्लाकै ठूलो धौलागिरीले सडक विस्तार, स्तरोन्नती, केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तार, पर्यटन पूर्वाधार र एक गाउँ एक उत्पादनको कार्यक्रमलाई प्राथमिकता दिएको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

मावि, १–८ र १–५ तहको एक एक वटा सामुदायिक विद्यालयलाई नमुना बनाउने कार्यक्रम ल्याउन लागेको धौलागिरीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई एक एक वटाका दरले दाँते ओखर उपहार दिने नयाँ कार्यक्रम बनाएको छ ।

ताकम र मल्कवाङका एक सय जना गरिब विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच बृद्धि गरी टिकाई राख्न प्रायोजनको व्यवस्था मिलाउने अध्यक्ष पुनले बताउनुभयो । कुल तिस करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको मालिका गाउँपालिकाले आगामी वर्ष आन्तरिक आयलाई तिस लाख रुपैया पु¥याउने लक्ष्य राखेको छ । malika 0संघीय सरकारबाट २५ करोड ५५ लाख ९८ हजार, प्रदेशबाट एक करोड ३२ लाख ८२ हजार रुपैयाँ अनुदान पाएको मालिकाले चालु आर्थिक वर्षको दुई करोड रुपैयाँ सञ्चित कोषमा रहने अनुमान गरेर बजेट बनाएको प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले बताउनुभयो । प्राथमिकता प्राप्त योजनालाई पर्याप्त बजेट बिनियोजन गरीने अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।
गाउँ कार्यपालिकाका प्रवक्ता टंक पुनले शिक्षा, पर्यटन, सडक र कृषिलाई प्राथमिकता दिएर पूर्वाधारतर्फ तिन करोड ५० लाख बजेट प्रस्ताव गर्ने विषयगत समितिको निर्णय भएको जानकारी दिनुभयो । पँुजीगततर्फ ११ करोड ९६ लाख रुपैयाँ बजेट बिनियोजन हुने उहाँले बताउनुभयो । mangala gaupalikaजनसहभागीता सहित ३१ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको मंगला गाउँपालिकाले सडकलाई मापदण्ड अनुसारका बनाएर नियमित सवारी सञ्चालन गर्ने योजनालाई प्राथमिकता दिने भएको छ । सबै वडा र बस्तीमा जोडिएको कच्चि सडक स्तरोन्नतीलाई प्राथमिकता दिइएको अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

संघीय सरकारबाट २६ करोड र प्रदेशबाट एक करोड ७५ लाख रुपैयाँ अनुदान पाएको मंगलाले ३६ लाख ५० हजार रुपैयाँ आन्तरिक स्रोत जुटाउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।

यस वर्ष २४ करोड ८५ लाख बजेट बिनियोजन गरेका रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद चापागाईले आगामी वर्षका लागि २५ करोड रुपैयाँ भन्दा बढीको बजेट आउने बताउनुभयो । प्रदेश सरकारबाट एक करोड ३५ लाख अनुदान पाएको रघुगंगाले संघीय सरकारको अनुदान, चालु आर्थिक वर्षको खर्च हुन बाँकी अनुमानीत र आन्तरिक आम्दानीलाई आधार मानेर बजेट बनाएको छ । दश मिटर फराकीलो सडक बनाउने अभियान चलाएको रघुगंगाले यसपाली पनी धेरै बजेट सडकमै लगानी गर्ने अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । Raguganga officeआगामी आर्थिक वर्षका लागि २८ करोड रुपैयाँको बजेट ल्याउन लागेको अन्नपूर्ण गाउँपालिकाले संघीय सरकारबाट वित्तिय समानीकरण र शसर्त गरी कुल २५ करोड रुपैयाँ भन्दा बढी अनुदान पाएको छ । प्रदेश सरकारबाट एक करोड नौ लाख रुपैयाँ अनुदान पाएको अन्नपूर्णले चालु आर्थिक वर्षको ४४ लाख रुपैयाँ आन्तरिक आयलाई दोब्बर बढाएर एक करोड १ लाख बनाउने प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले बताउनुभयो ।

Annapurna Gaupalika Ko Officeपुनहिल, खोप्रा लगायतका पर्यटकीय क्षेत्रलाई पनि करको दायरामा ल्याउने तयारीका साथ गाउँपालिका आन्तरिक आयको अनुमान दोब्बर बनाएको हो । प्रगति देखिने गरि भौतिक संरचनामा लगानी गर्नेे योजना बनाएको छ । आठ वटै वडामा गौरबको आयोजना छनौट गरेको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिइएको अध्यक्ष पुनले बताउनुभयो ।