पाखापानीमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम, धिरन खत्री
पाखापानी १९ असार । IMG_6267म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालिकाले सुनुवाईको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी झि, पाखापानी र कुईनेका सर्वसाधारणहरुले गाउँपालीकाको केन्द्र टाढा हुदा सेवा सुबिधा उपभोगमा समस्या भएको, मौवाफाँट झिँ सडक निर्माण गर्नुपर्ने, शून्य दरबन्दिमा सञ्चालीत सामुदायीक विद्यालयमा शिक्षक, अनुदानको व्यवस्था गर्नुपर्ने, वडा र गाउँपालीकामा दरबन्दि अनुसारका जनशक्तिको व्यवस्था गर्नुपर्ने, उपभोक्ता समितिका पदाधीकारीलाई योजना कार्यान्वयन सम्बन्धि तालीम दिनुपर्ने, कृषि र पशुपालनलाई प्राथमिकता दिनुपर्ने, प्रहरी चौकीमा जनशक्ति थप र सवारी साधनको व्यवस्था गरेर गस्ती बढाउनुपने भनाई राखेका थिए ।

गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले झि, पाखापानी, कुइने क्षेत्रको विकासका लागि प्राथमिकताका साथ बजेट बिनियोजन गरेको जानकारी दिनुहुदै मौवाफाँट बुक्ल औला हुदै झिँ, पाखापानी जोड्ने सडक सञ्चालन गरीने बताउनुभयो । रघुगंगा हाईड्रोले आगामी मंसिरसम्म मौवाफाँटदेखि बुक्लसम्म सडक पु¥याएर राहुघाट खोलामा बेलीब्रिज हाल्ने तयारी गरेको जानकारी दिदै गाउँपालीकाले बेलीब्रिजदेखि औला हुदै झिँ पाखापानी जोड्ने सडक निर्माण गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले बजेट बिनियोजन भएका योजनाको प्रभावकारी कार्यान्वयन, दिगो र गुणस्तरीय विकासमा जोड दिदै जनप्रतिनिधि, कर्मचारी र समुदाय मिलेर विकासमा सहकार्य गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायाणप्रसाद चापागाईले सिमिति जनशक्तिको बावजुद पनि पाखापानीमा प्रत्येक हप्ताको एक दिन पुगेर घुम्ती सेवा दिने गरीएको बताउदै सहज, सरल र प्रभावकारी सेवा प्रवाहमा जुटेको बताउनुभयो ।

कार्यक्रममा पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजा, झिँका वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा, गाउँपालीकाका पशु चिकित्सक लक्ष्मी पौडेल, पाखापानी प्रहरी चौकीका प्रमुख नगेन्द्रप्रसाद मुराव, योजना शाखाका प्रमुख दयाराम पौडेल, लेखा शाखा प्रमुख त्रिबिक्रम शर्मा, स्वास्थ्य सहसंयोजक शिवप्रसाद पाण्डे, प्राबिधिक शाखा प्रमुख कमल चोखाल र पुननिर्माण प्राधिकरणका ईञ्जिनियर बसन्त रेग्मीले सहभागीले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।

पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको अध्यक्षता र नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रमको उदेश्यको बारेमा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईले प्रकाश पार्नुभएको थियो ।