रघुगंगाका कृषकसंग अन्तरक्रिया

पदम विश्वकर्मा /विकल्प न्यूज
मौवाफाट ५ असार ।
रघुगंगा गाउँपालिकाको मौवाफाँटमा व्यवसायिक बाख्रा तथा कुखुरापालक कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको पशु सेवा शाखाले आयोजना गरेको कार्यक्रममा आठ वटै वडाका कृषक, जनप्रतिनिधि र पशु सेवा प्राबिधिकहरुबीच पशुपालनको अवस्था, सम्भावना, समस्या र योजनाको विषयमा छलफल भएको थियो ।

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको प्रमुख आतिथ्यता, उपाध्यक्ष कमला तिलीजाको बिशिष्ट आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईको अध्यक्षता तथा पशु सेवा शाखाका संयोजक पशु चिकित्सक लक्ष्मीप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा पशु सेवा शाखाका संयोजक पौडेल र जिल्ला पशु सेवा कार्यालयका पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले ब्यवसायीक बाख्रा र कुखुरा पालन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।