ताजा समाचार:
Search

रघुगंगा गाउँपालिकाद्धारा करिब २६ करोडको बजेट सार्वजनिक

कमल खत्री/साधन राम्जाली मगर
मौवाफाँट, (म्याग्दी) १२ असार ।

????????????????????????????????????

म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि करिब रु २६ करोडको बजेट प्र्रस्तुत गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार आयोजित गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले आगामी आर्थिक बर्षको लागि कुल रु २५ करोड ७२ लाख २ हजार ९८१ को बजेट सार्वजनिक गर्नुभएको हो ।

गाउँ सभामा बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपाध्यक्ष तिलिजाले आन्तरिक स्रोतबाट रु ३१ लाख अनुमानीत आम्दानी हुने गरि संघिय सररकार र प्रदेश सरकारबाट प्राप्त अनुदानलाई समेटेर बजेट निर्माण गरिएको बताउनुभयो । गाउँपालिकाले प्रस्तुत गरिएको बजेटमा संघीय सरकारबाट राजश्व बाँडफाँड अनुदान रु ५ करोड ७८ लाख ५९ हजार, वित्तिय समानीकरण अनुदान रु ६ करोड ५१ लाख र शसर्त अनुदान रु ११ करोड ७३ लाख गरि कुल २४ करोड २ लाख ५९ हजार समावेश गरिएको छ ।
त्यसैगरि प्रदेश नम्बर ४ बाट प्राप्त राजश्व बाँडफाँडबाट रु २७ लाख ४ हजार ९८१ र वित्तिय समानीकरण अनुदानबाट रु १ करोड ११ लाख ३९ हजार गरि कुल १ करोड ३८ लाख ४३ हजार ९८१ बजेट रहेको छ । गाउँपालिकाको बजेटमा चालु आर्थिक बर्षको अन्तमा संचित कोषमा रहन जाने जम्मा रकमलाई समावेश नगरिएको बताइएको छ ।

बजेटमा चालु खर्चतर्फ रु ७ करोड ३६ लाख २९ हजार र पुँजीगत तर्फ रु ६ करोड ६२ लाख ७३ हजार ९८१ बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर ३ का वडा अध्यक्ष जिवनकुमार मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार, वित्तिय समानीकरण अनुदानको पुजिगत बजेट अन्र्तगत गाउँपालिकाको जग्गा विकास तर्फ रु ३७ लाख, तालिम केन्द्र निर्माणको लागि रु ३३ लाख, फर्निचर फिक्चर्सको लागि रु ४५ लाख, सवारी साधन खरिदमा रु ७५ लाख, मेशिनरी खरिदमा रु २५ लाख र अन्य पुजीगत खर्च तर्फ रु ३० लाख बजेट विनियोजन गरिएको छ । ८ वटा वडामा लक्षित बर्गको लागि प्रत्येकमा रु ४ लाखको दरले ३२ लाख, वडा स्तरमा योजना सञ्चालनको लागि रु ३ करोड ४९ लाख ६८ हजार ९८१, प्रशासनिक खर्चको रु ६ करोड २५ लाख ६० हजार बजेट प्रस्ताब गरिएको छ ।

गाउँपालिकाले उज्यालो, सफा र हरित रघुगंगा गाउँपालिका बनाउने नीति अगाडी सार्दै सडक, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतको क्षेत्रमा विकास गर्ने नीति अगाडी सारेको छ । यातायातलाई प्रभावकारी बनाउन गाउँपालिका केन्द्र र वडा कार्यालय सम्म सडक सञ्जालले जोड्न सडक विस्तार स्तरन्नोतीमा जोड दिएको रघुगंगाले दग्नाम हुँदै चिमखोला र कुइनेमंगले सडकलाई गाउँपालिकाको गौरबको योजनाको रुपमा छनौट गरि प्रदेश र केन्द्र सरकार समक्ष प्रयाप्त बजेट व्यवस्थापनको लागि सिफारिस समेत गरेको छ । त्यसैगरि रोजगारि सिर्जना गर्नको लागि जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिलाई सहि उपयोग गरि गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्य लिएको छ ।

गाउँसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटलाई आगामी असार २८ गते बस्ने बिशेष गाउँ सभा बैठकले पारित गर्ने गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो । सो गाउँ सभामा आर्थिक विद्येयक र विनियोजित विद्येयक समेत प्रस्तुत गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको गाउँसभालाई सम्बोधन गर्दै प्रदेश नम्बर ४ का साँसद विनोद केसीले संघ र प्रदेश सरकारबाट आएको अनुदानमा आन्तरिक स्रोतहरु जुटाएर गाउँपालिकाको विकास र समृद्धिलाई केन्द्रमा राखेर बजेटको कार्यान्वयनमा जुट्न आग्रह गर्नुभयो ।

उहाँले रघुगंगा गाउँपालिका क्षेत्रमा प्रदेश सरकारको तर्फबाट समेत उचित योजनाहरुलाई बजेट विनियोजन गरिएको जानकारी गराउँदै भौगोलिक विकटताको समस्यालाई विकास मार्फत हल गर्ने गरि रघुगंगा गाउँपालिकाको विकासमा सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाको आन्तरिक स्रोतहरुको पहिचान गर्ने, कर संकलनलाई सुरक्षित र व्यवस्थित बनाउने, एकिकृत सम्पती कर लागु गर्नको लागि आबश्यक तयारी थालिने गरि राजश्व संकलनको अवधारणा लिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाईले बताउनुभयो । गाउँपालिका भणडरीको अध्यक्षता, प्रवक्ता एबम् वडा नम्बर ३ का अध्यक्ष जिवन कुमार मल्लको स्वागत स्वागत र प्रमुख प्रशासकिय अधिकृत चापागाईको सञ्चालनमा गाउँसभा सम्पन्न भएको थियो ।