ताजा समाचार:
Search

भगवतीमा योजना कार्यान्वयन धमाधम

धिरन खत्री/बेनीrakhu (11)म्याग्दी, २७ जेठ ।
रघुगंगा गाउँपालिका २ राखु भगवतीमा चालु आर्थिक बर्ष २०७४÷७५ को विकास निर्माणमा संचालित योजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । गाउँपालिकाको १५ र वडाले छनौट गरेका २७ वटा पूर्वाधार आयोजना लक्ष्य अनुसार कार्यान्वयनमा भएका हुन् ।
४२ ओटा विकास योजना रहेको राखु भगवतीमा ४० योजनाका उपभोक्ता समितिले काम सकेका छन् । २ वटा योजनाहरु निर्माधिन अवस्थामा रहेको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य, सडक, खेलकुद मैदान, खानेपानी योजना, विद्यालयको भौतिक पुर्वाधार र्ममत, सामुदायिक भवन लगायतको क्षेत्रमा भएको विकास निर्माणको अवस्थाबारे कामका गतिविधिबारे गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा, प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाई, वडा अध्यक्ष कटुवाल लगायतको टोलीले अनुगमन गरेको थियो ।

वडाले आर्थिक बर्ष २०७४÷७५ मा भुगोल अनुसार सडकलाई प्राथमिकता दिएर सडकको शाखा विस्तार तथा मर्मतमा बजेट विनियोजन गरेको थियो । गाउँपालिकाबाट बेगखोला भगवती सडक स्तोरन्नती तथा मार्छखर्क बस्ती संरक्षणमा १८ लाख बजेट र ९ लाख बजेट विनियोजित रकमबाट रानीपौवा, बनाखी र माझखर्क (बेनी बेगखोलाको बैकल्पिक) सडकको ट्रयाक खोलिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

पर्यटकियस्थल रुईसे भ्युटावरमा पुगेको नया सडक र रुईसे पदमार्ग, नौली बराह मन्दिर संरक्षणका सम्पन्न योजना र निर्माणधिन योजना रुईसे भ्युटावरको कामको गतिबारे टोलीले स्थलगत जानकारी लिएको थियो ।

उपाध्यक्ष तिलिजाले ८ ओटै वडा अनुगमन गरिसकेको जानकारी गराउदै वडा जनप्रतिनिधि र स्थानीय बासीको सक्रियतामा सबै योजनाहरुको निर्माण कार्य सम्पन्न भएको छ । सो विकास योजनाको स्थलगत पुग्दा धेरै योजना दिगो र ब्यवस्थीत रुपमा निर्माण भएको बताउदै प्रत्यक्ष रुपमा गाउँपालिकालाई फाईदा पुग्ने गौरवका योजनाहरु आगामी आर्थिक बर्षमा छनोट गर्न सुझाव दिएको बताउनुभयो ।

भगवतीमा विकास निर्माण र सामाजिक कामको सहजिकरणका लागि ६ ओटा टोलसुधार समिति गठन भएको छ । सो समितिबाट छनोट भएर आएका योजनाहरु बस्तीको प्राथमिकतालाई हरेर आगामी आर्थिक बर्षमा छनोट गरि बजेट विनियोजन गरिने तयारी भएको वडा अध्यक्ष कटुवालले बताउनुभयो ।

जनप्रतिनिधिको जिम्मेवारी र जनतामा विकासको चाहनाले विनियोजित बजेटबाट विकास योजना निर्माणमा बजेट नपुगेपनि समुदायको जनश्रमदान र चन्द्रा सहयोगबाट भौतिक पुर्वाधार निर्माणले तिव्रता पाएको स्थानीयबासीले बताएका छन् ।