ताजा समाचार:
Search

चिमखोलामा सार्वजनिक सुनुवाई

गोपाल छन्त्याल, निर्मल खत्री
चिमखोला २० असार । Chimkhola (3)म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालिकाले यसअघि मौवाफाँट र पाखापानीमा सुनुवाई गरिसकेको थियो ।

कार्यक्रममा सहभागी चिमखोला, दर्मीजा र कुईनेमंगलेका सर्वसाधारणहरुले सार्वजनिक सेवा प्रवाहसंगै सडक यातायात, सञ्चार, विद्युत र सामुदायिक विद्यालयको समस्याको बारेमा जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । अधिकांशले कृषि र पशु सम्बन्धि प्राबिधिक सेवा नपाएको गुनासो गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले नेपाल टेलिकमले कुईनेमंगलेमा टावर स्थापना गरेर मोवाईल सेवा विस्तारको तयारी गरेको जानकारी गराउदै आगामी पाँच वर्षभित्रमा दग्नाम दर्मीजा हुदै चिमखोला सडक पुराउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले बजेट बिनियोजन भएका योजनाको प्रभावकारी कार्यान्वयन, दिगो र गुणस्तरीय विकासमा जोड दिदै जनप्रतिनिधि, कर्मचारी र समुदाय मिलेर विकासमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष कमला तिलीजाले न्यायीक समिति क्रियाशिल भएकाले सामान्य मुद्दाका लागि अदालत र प्रहरी प्रशासन धाउनु नपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायाणप्रसाद चापागाईले सिमिति जनशक्तिको बावजुद पनी चालु आर्थिक वर्षमा सञ्चालीत ९६ प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा चिमखोलाका वडा अध्यक्ष देउप्रसाद पुन, कुईनेमंगलका वडा अध्यक्ष गमान छन्त्याल, गाउँपालीकाका पशु चिकित्सक लक्ष्मी पौडेल, योजना शाखाका प्रमुख दयाराम पौडेल, स्वास्थ्य संयोजक टिकाबहादुर शाही, कृषि शाखाका चन्द्रबहादुर आलेले सहभागीले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।

चिमखोलाका वडा अध्यक्ष देउप्रसाद पुनको अध्यक्षता, म्याग्दी मिडीया सोसाईटीका अध्यक्ष गोपाल छन्त्याल र निर्मल खत्रीको सहजिकरणमा सम्पन्न कार्यक्रमको उदेश्यको बारेमा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईले प्रकाश पार्नुभएको थियो ।