म्याग्दी समाचार

मलेसीयामा ज्यान गुमाएका परियारको आफन्तका लागि सहयोग संकलन

विकल्प न्यूज/बेनी चैत २६ गते ।रोजगारीको शिलशिलामा मलेसीयामा रहेको क्रममा चैत १२ गते ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धी परियारको घरपरिवारको लागि बेनीमा आर्थिक सहयोग संकलन गरिएको छ । किरीयाखर्च, ५ वर्षिया छोरीको पठनपाठन र मृगौला रोगले थलिएका वृद्ध बुवा रनबहादुरको उपचारमा सहयोग गर्ने उद्देश्यले म्याग्दी प्रवासी उत्थान साझा मञ्च अन्तराष्ट्रिय कार्य समितिको पहलमा […]

गुठी जग्गाको समस्या समाधान गर्न सांसद केसीको माग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ चैत । म्याग्दीको प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित सांसद बिनोद केसीले गुठी जग्गाको समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रदेश ४ को सोमबार बसेको संसद बैठकको शून्य समयमा सांसद केसीले अन्नपूर्ण गाउँपालीका १ दोवा, रघुगंगा १ बेग, २ भगवती र ३ पिप्लेको गुठी जग्गाको समस्या समाधान गर्न प्रदेश सरकारको […]

नरबहादुर उपचारका लागि जापानबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ चैत । मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका बेनी नगरपालिका २ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनारको उपचारका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुनारको उपचारका लागि सञ्चालन गरेको अभियानमा जापानमा चिरिञ्जवी शाहको पहलमा संकलन भएको ४२ हजार ८०० रुपैया सोमबार […]

भुरुङमा मध्य कालीगण्डकीको सार्वजनिक सुनुवाई

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २६ चैत । हाईड्रो सपोर्ट प्रा.ली काठमाडौले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार पार्नका लागि आयोजनाले सोमबार अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा सार्वजनिक सुनुवाई गरेको छ । अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युतगृह सोही पालिकाको […]

विद्युत सुरक्षा दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ चैत । बेनीमा सोमबार विद्युत सुरक्षा दिवस जनचेतनामुलक ¥यालीको आयोजना गरेर मनाइएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र, राहुघाट हाईड्रो लिमिटेड र सोसाईटी अफ ईलेक्ट्रिकल्स ईञ्जिनियर्स नेपालको आयोजनामा बेनीमा विद्युत र विद्युतीय उपकरणको सुरक्षित उपयोगको विषयमा सन्देशमुलक प्लेकार्ड र नारा सहित बजार परिक्रमा गरिएको थियो । केन्द्र र […]

तोरन्ल गोल्डकपको उपाधी बुर्तीवाङलाई

सन्तोष गौतम/ विकल्प न्यूज म्याग्दी २६ चैत । दसौ तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिताको उपाधि थकाली सेवा समिति बुर्तीवाङले जितेको छ । ढोरपाटन नगरपालिका १ बुर्तीवाङमा शनिबार सम्पन्न प्रतियोगितामा १३९ स्कोर गर्दै बुर्तीवाङले उपाधि जितेको हो । १३२ स्कोर गर्दै बेनी क्षेत्र दितृय र १२५ स्कोर गर्दै काठमाडौ क्षेत्र तितृय, पोखरा चौथो र […]

मंगला ईकाईको सभापतिमा पाण्डे

विकल्प न्यूज/बेनी चैत २५ गते । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको मंगला ईकाईको सभापतीमा हुमनाथ पाण्डे निर्वाचित हुनुभएको छ । बाबियाचौरमा शनिबार सम्पन्न मंगला गाउँपालीकाका ब्यवसायी, ब्यापारी र उद्यमीहरुको भेलाले ईकाईको उपसभापतीमा चक्रलाल पाण्डे, सचिवमा प्रेमलाल पौडेल, कोषाध्यक्षमा शोभा केसी र सहसचिवमा प्रमानन्द विश्वकर्मालाई चयन गरेको छ । सदस्यहरुमा रामचन्द्र पौडेल, तिलकप्रसाद पुन, होमप्रसाद सुवेदी, मोतिलाल […]

यसरी समृद्ध बन्न सक्छ प्रदेश ४

दिवाकर पौडेल/विकल्प न्यूज चैत २४ गते । नेपालको संबिधान २०७२ जारी भई देश संघिय गणतन्त्रको मार्गमा बढ्दो बालक झैं टुकु टुकु पाईला चालिरहेको छ। यसक्रममा तीन तहको निर्वाचन सम्पन्न भई तिनै तहको सरकारको अभ्यास शुरु भइसकेको छ । मुलुकका ७ प्रदेशहरु मध्ये ४ नं. प्रदेश हर हिसाबले मिलेको र बिकासका प्रशस्त सम्भावनाहरु बोकेको प्रदेशको रुपमा […]

चार सहकारीका सञ्चालकहरुबीच अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ चैत । बेनीमा शनिबार देशका विभिन्न ठाउँका चार वटा सहकारीका सञ्चालकहरुबीच अन्तरक्रिया भएको छ । बेनी स्थित दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाको अध्ययन भ्रमणमा आएका बुटवलको अमरज्योत, गोरखाको सनराईज र स्याङ्जाको प्रगतिशिल ऋण तथा बचत सहकारी संस्थाका १३० जना सञ्चालक तथा सेयर सदस्यहरु अन्तरक्रियामा सहभागीता रहेको थियो । चार […]

आर्थिक गणनामा खटिने गणकहरुका लागि तालीम सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज बेनी २४ चैत । आगामी बैशाख १ गतेदेखि सुरु हुन लागेको आर्थिक गणनामा खटिने गणक र सुपरिवेक्षकहरुका लागि शनिबार बेनीमा गणक तालीम सम्पन्न भएको छ । तथ्याङ्क बिभागको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको तालीममा २२ जना गणक र सुपरिवेक्षकहरुको सहभागीता रहेको थियो । जिल्ला आर्थिक गणना अधिकृत गोविन्दप्रसाद ढुङगाना र कार्यालयका […]

दरबाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी मर्ज हुने

गोपाल छन्त्याल/ बेनी चैत २४ गते । म्याग्दीको दोश्रो व्याापरिक केन्द्र दरवाङमा सञ्चालित दुई ठुला सहकारी संस्था मर्ज हुने भएका छन् । दरवाङ बचत तथा ऋण सहकारी संस्था र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्था बीच मर्जका लागि सम्पूर्ण तयारी पूरा भएको हो । मर्जपछि सहकारीको नाम ‘पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था’ हुनेछ । […]

झलक पुनको सालैजो भाका बजारमा (भिडियो)

विकल्प न्यूज /बेनी चैत २४ गते । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैजो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । दिदि बहिनी इन्टरटेन्टमेन्ट म्युजिक प्रा।लि। मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियो सहितको गितमा मगर समुदायमा […]

प्रदेश ४ : स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक तोकियो

२४ चैत, पोखरा । प्रदेश ४ का स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा तय भएको छ । प्रदेश सभा बैठकले स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक पारित गरेसँगै उनीहरुले तलब पाउने भएका हुन् । निर्वाचित भएर काम थालेको १० महिनापछि स्थानीय तहका जनप्रतिनिधिकोे तलब पक्का भएको हो । विधेयकका अनुसार अब महानगरका मेयरले मासिक ४३ […]

मंगलाको प्रोफाईल बनाउने तयारी

विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीको मंगला गाउँपालिकाको प्रोफाईल बनाउने तयारी भएको छ । गाउँपालीकाको बस्तुअवस्था, समस्या र सम्भावनाको पहिचानका लागि प्रोफाईल बनाउन लागिएको हो । योजना तथा कार्यक्रम तय गर्न आवश्यक पर्ने तथ्याङ्क र बस्तुगत विवरण जुटाउनका लागि प्रोफाईल निर्माण गर्न लागिएको गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । प्रोफाईल निर्माणको विषयमा बाबियाचौर स्थित […]

मालीकामा नौ खानेपानी आयोजना

विकल्प न्यूज/बेनी चैत २३ गते । मालीका गाउँपालिकामा चालु आर्थिक वर्षमा करिब साढे पाँच करोड रुपैयाँको लागतमा नौ वटा खानेपानी आयोजना सञ्चालन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत पाँच करोड ३५ लाख ७२९ रुपैयाँको कुल लागतमा चार वटा वडामा आयोजनाहरु सञ्चालन भएका हुन् । उपभोक्ता समिति मार्फत कार्यान्वयनको चरणमा रहेका […]