ताजा समाचार:
Search

दरवाङ र पश्चिम म्याग्दी एकिकरणको प्रस्ताव पारित

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ जेठ । Darbang Ra Paschim Myagdi Sahakari (3) मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सञ्चालीत दरवाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न छुट्टा÷छट्टै साधारण सभाबाट एकिकरणको प्रस्ताव पारित भएको छ ।

समान उद्देश्य र कार्यक्षेत्र भएका सहकारी संस्थाको एकिकरण गरी सर्वसुलभ तथा सहज रुपमा सेवा उपलब्ध गराउने निष्कर्ष सहित आर्थिक कारोबारका हिसावले पश्चिम म्याग्दीका दुई शक्तिशाली सहकारी संस्था एकिकरणको प्रक्रियामा अघि बढेका हुन् ।

एकिकरणको कार्यबिधी पारित गर्दै प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट स्विकृती लिएर एकिकृत कारोबार सुरु गर्ने निर्णय गरेको दरवाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माले जानकारी दिनुभयो ।

एकिकरणपछि पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था लि. नामाकरण गरिने सहकारीको सञ्चालक समितिमा दरवाङ बचतबाट अध्यक्ष सहित छ जना र पश्चिम म्याग्दीबाट उपाध्यक्ष सहित पाच जना रहने निर्णय भएको छ ।Darbang Ra Paschim Myagdi Sahakari (5)गिरीप्रसाद छन्त्यालको संयोजकत्वमा दरवाङ बचतका जगत सापकोटा र पश्चिम म्याग्दीका चुडामणी सापकोटा सदस्य रहने लेखा समिति गठन हुने भएको छ । दुवै सहकारीको २०७५ बैशाख मसान्तसम्मको कारोबार ३६ करोड ९७ लाख रुपैयाँ रहेको पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भिमप्रसाद गौतमले बताउनुभयो ।

वि.स २०६४ मा स्थापना भएको दरवाङ बचतमा ९१८ जना सेयर सदस्यको एक करोड ८३ लाख ६९ हजर ५०० र २०६५ देखि कारोबार सुरु गरेको पश्चिम म्याग्दीमा एक हजार ८३ जना सेयर सदस्यको एक करोड ८९ लाख ७५ हजार ६०० रुपैयाँ सेयर पुजी छ ।

दुवै सहकारीले मालिका, धौलागिरी र मंगला गाउँपालिकामा सेवा दिदै आएका छन् । सहकारी एकिकरणपछि स्वस्थ्य प्रतिस्पर्धा भई सेयर सदस्यहरुलाई कारोबारमा सहज हुने र सहकारीको उद्देश्य तथा भावना अनुसार काम गर्न सकिने दरवाङ बचतका सल्लाहकार मोतीराज गौतमले बताउनुभयो ।