ताजा समाचार:
Search

अन्नपूर्णका वडामा गौरवका योजना छानिँदै

सन्तोष गौतम/विकल्प न्यूज
पोखरेबगर २९ जेठ ।

????????????????????????????????????

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षमा सबै वडामा कम्तीमा एक वटा गौरबको आयोजना सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन हुने योजना तर्जुमाका क्रममा एउटा वडामा कम्तीमा दश लाख रुपैया बजेटको एउटा गौरवको योजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो ।

प्राबिधिक ईस्टीमेट गर्नुपर्ने दुई लाख भन्दा कमका र प्रत्येक वडामा एक वटा दश लाख रुपैया भन्दा बढी बजेटको योजना छनौट गर्न सबै वडाहरुलाई परिपत्र गरिएको प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले बताउनुभयो ।
टुक्रे भन्दा उपलब्धि देखिने र जनतालाई तत्काल राहत मिल्ने योजनालाई प्राथमिकता दिने अन्नपूर्णका जनप्रतिनिधीहरुले बताएका छन् । आठ वटा वडालाई जेठ मसान्तभित्र योजना छनौट गरेर सिफारीस गर्न परिपत्र गरिएको प्रशासकीय अधिकृत दाहालले बताउनुभयो ।

टोल विकास समितिको पहलमा बस्ती स्तरमा भेला गरी योजनाको माग संकलन गरि वडा, विषयगत समिति, कार्यपालीका हुदै गाउँसभाबाट पारित गर्ने प्रक्रिया छ । स्थानीय बासिन्दाको अपनत्व र जनसहभागीताका लागि समस्या, आवश्यकताका आधारमा योजना प्राथमिकीकरण गरीने अन्नपूर्ण २ भुरुङ तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो ।

उहाँले मान्द्रढुंगा स्थित वडा कार्यालय परिसरमा बहुउद्देश्यिय सभाहल निर्माण गर्ने योजनालाई वडाको गौरवको रुपमा प्राथमिकता दिइएको फगामीले बताउनुभयो । आठ वटै वडालाई चालीस लाख रुपैया भित्रको बजेट सिलीङ भित्र रहेर योजना प्रस्ताव गर्न गाउँपालीकाले परिपत्र गरेका छ ।

बस्ती बस्तीबाट योजनाको माग संकलनको काम भैरहेको उपाध्यक्ष केशमाया मगरले बताउनुभयो । संघीय र प्रदेश सरकारले प्रत्येक वडाबाट दुई, दुई वटा योजना माग गरिने भएको छ । संघीय सरकारको अनुदानको अलावा आन्तरीक स्रोतको पहिचान र परिचालनको पहल भएको उपाध्यक्ष मगरले बताउनुभयो ।
अन्नपूर्ण ४ नाच्याङका जनप्रतिनिधिले आगामी आर्थिक वर्षका योजना छनौट गरिसकेका छन् । प्रभा माविको खेल मैदान निर्माण योजनालाई वडाको गौरव मानेर प्राथमिकता दिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो ।

१ नम्बर वडा दोवामा पनि बस्ती स्तरबाट संकलीत योजना प्राथमिकीकरणका लागि सोमबार वडा कार्यालयमा टोल विकास समितिका प्रतिनिधि र सरोकारवालाहरुबीच छलफल भएको छ । सेकारकु स्थित कालीगण्डकी किनारमा रहेको प्राकृतिक तातोपानी कुण्डलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सडक पुराउने र व्यवस्थित गर्ने योजनालाई वडाको गौरवको रुपमा प्राथमिकता दिइएको वडा अध्यक्ष दिलपकुमार गर्बुजाले जानकारी दिनुभयो ।

बेनी नगरपालिका, रघुगंगा, मंगला, मालीका र धौलागिरी गाउँपालिकाका जनप्रतिनिधिहरु पनि बस्ती बस्तीबाट योजना संकलन गर्न व्यस्त छन् । म्याग्दीका स्थानीय तहले असार दोस्रो हप्ता सम्म निती तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।