बृक्षारोपणका नाममा म्याग्दी र पर्वतमा ठगी धन्दा

विकल्प न्यूज/बेनी
जेठ २६ गते । 32191002_1626683930714069_5734341408190365696_nजलजला गाउँपालिका ६ सालिजाका एक किसान मरेको टिक विरुवा देखाउँदै ।

भारतीय कम्पनी शिवशक्ति वायोप्लान्टले म्याग्दी र पर्वतमा वृक्षारोपणका नाममा ठगी धन्दा गरेको खुलसा भएको छ । तराई,भित्री मधेश र चुरे क्षेत्रमा हुने विरुवालाई विभिन्न प्रलोभन देखाएर म्याग्दी र पर्वतका उच्च भूभागमा विरुवा विक्री गरि ठग्ने गरेको गुनासो आएको हो ।

वायोप्लान्टलेका कर्मचारीहरुले टिक प्रजातीको विरुवा एकसय पचास देखी एकसय ८५ रुपियाँ सम्म किसानलाई विक्री गरेका छन् । विरुवा रोपण गरेको एक महिनामै सवै विरुवा मर्ने गरेको किसानहरु बताउँछन् । पहाडी भूभागका लागि उक्त प्रजातीको विरुवा अनुकुल नहुँने जिल्ला वन कार्यालयले जनाएको छ । वन कार्यालयको अनुमति नलिइकन कम्पनीले जिल्लाका ग्रामिण गाउँमा पुगेर विरुवा विक्री गरिरहेको छ ।

एकमहिना अघि पर्वतको जलजला गाउँपालिकाका सालिजा र लेखफाँटका किसानहरुले रोपेका सयौं विरुवा मरेर नष्ट भएको सालिजाका विकास गिरीले बताउनुभयो ।

पर्वतका किसानहरुलाई विरुवा विक्री गरेपछि वायो प्लान्टका कर्मचारीहरु म्याग्दीका गाउँगाउँ छिरेका छन् । गाउँका सर्वसाधारणहरुलाई छोटो समयमै राम्रो आम्दानी गर्न सकिने बताउँदै विरुवा विक्री गर्ने गरेको बेनी नगरपालिका १ रत्नेचौरका सन्तोष बोगटीले बताउनुभयो । वायोप्लान्टका कर्मचारीहरुले म्याग्दीमा अहिले सम्म ६० हजार विरुवा विक्री गरेको अनुमान गरिएको बोगटीले बताउनुभयो । 32376709_1633024486746680_7157725756569681920_nछोटो समयममा राम्रो फाइदा लिन सकिने प्रलोभन देखाएर विरुवा खरिद गरियोे पछि जिल्ला वन कार्यालयमा वुझ्दा म्याग्दीको हावापानी र भूगोलमा यो प्रजातिको विरुवा नहुने भन्ने जानकारी पाएपछि आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी गरेको बोगटीले बताउनुभयो ।

सिधा अग्लो , पात ठूला–ठूला र  सुरि लो , छिटो  हुर्कन सक्ने  क्षमता टिकमा रहेको बताइएपनि तराईमा क्षेत्रमा हुने र म्याग्दीको हावापानीमा संभव नहुने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरले बताउनुभयो । म्याग्दीको हावापानीमा टिक प्रजातिको विरुवा नहुँने भएकाले कसैले पनि उक्त वरुवा रोपण नगर्न सवैमा अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यता वायोप्लान्टका कर्मचारी केशव खनाले भने किसानहरुलाई टिक प्लान्टका वारेमा प्रष्ट रुपमा  बुझाएर नै आफूहरुले विरुवा विक्री गरेको बताउनुभयो ।