ताजा समाचार:
Search

जनप्रतिनिधि र कर्मचारीलाई सरकार सञ्चालन प्रशिक्षण

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, जेठ २७ ।IMG_7615जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा स्थानीय सरकार सञ्चालनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहका पदाधिकारीहरु तथा कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको हो ।
तीन दिनसम्म चलेको प्रशिक्षण तालिमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भूषाल, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख छविन्द्र बेलबासे र जिल्ला समन्वय समितिको कार्यालयका शाखा अधिकृत गोविन्द सुनारले स्थानीय सरकार सञ्चालनका विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए ।

तालिम समापनमा बोल्दै म्याग्दीका प्रजिअ लिलाधर अधिकारीले स्थानीय तहबाट नागरिकहरुलाई प्रभावकारी रुपमा सेवासुविधाहरु उपलब्ध गराउनुपर्ने बताएका थिए । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको अध्यक्षता र जिससका शाखा अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर कार्यपालिका सदस्य गौरी थापामगर र प्रवक्ता रामकृष्ण बराईलीले मन्तव्य राखेका थिए । तालिममा ६१ जना जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।