ताजा समाचार:
Search

धौलागिरीमा योजना संकलन र प्राथमिकीकरण सुरु

होसीयारसिङ विक/विकल्प न्यूज
मुना २७ जेठ । Dhaulageri (4)म्याग्दीको धौलागिरी गाउँपालिकाले बस्ती स्तरबाट आगामी आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन हुने योजना संकलन र प्राथमिकीकरण सुरु गरेको छ ।

असार दोस्रो हप्तासम्म आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी गरेको धौलागिरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु बस्तीको आवश्यकता, समस्या पहिचान गरी योजना निर्माणमा जुटेका हुन् ।

बस्ती, वडा, विषयगत कार्यालय, गाउँकार्यपालिका र गाउँसभा हँुदै योजना छनौट गरी बजेट बिनियोजन गर्ने प्रक्रिया रहेको छ । यसै क्रममा शनिबार धौलागिरी गाउँपालिका ३ मुनामा जनप्रतिनिधि, कर्मचारी, सरोकारवालाहरुको सहभागीतामा बस्ती स्तरीय योजना संकलन तथा प्राथमिकीकरण गोष्ठी सम्पन्न भएको छ ।

गाउँपालिका र वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष रेशम छन्त्यालले बस्ती स्तरबाट जनतालाई प्रत्यक्ष फाईदा पुग्ने रोजगारी सिर्जना हुने, पर्यटन, जडिवुटी, पशुपालन लगायत उत्पादनमुलक योजनाहरु संकलन गरी बजेटमा प्राथमिकता दिइने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जनताको आवश्यकता हुने योजना छनौट भएमा प्रभावकारी कार्यान्वयन र बजेटको सदुपयोग हुने बताउनुभयो ।

गाउँपालिकाका कर्मचारी प्रेम बानियाँले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा शाखा प्रमुख गिरीप्रसाद छन्त्याल, पशु सेवा शाखा प्रमुख गिता नेपालीले मन्तब्य व्यक्त गर्नुभएको थियो । धौलागिरी गाउँपालिकाका ७ वटै वडाका जनप्रतिनिधिहरु बस्ती बस्तीमा पुगेर योजनाको माग संकलन गर्न जुटेका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।