ताजा समाचार:
Search

पढाऔ अभियानलाई पिस सिटीको एक लाख सहयोग

विकल्प न्यूज/बेनी
बेनी २७ जेठ ।34963331_1348536151944789_8242562915614326784_nअन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले गरिब विपन्न विद्यार्थीको शिक्षामा पहुँच बढाउन सञ्चालन गरेको पढाऔ अभियानलाई क्लबको बेनी पिस सिटीले आर्थिक सहयोग गरेको छ ।

पिस सिटीका अध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लोकेश पुनमगर र कोषाध्यक्ष भोजबहादुर रिजालले लायन्सका अभियन्त चन्द्रकुमार केसीलाई एक लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

क्लबले डम्मरामा बहुमुल्य जडिवुटी बोधीचित्तको रोपण, लभहिलमा डस्टविन राख्ने, बिरामीलाई आर्थिक सहयोग गर्ने लगायतका सामाजिक काम गर्दै आएको छ ।