ताजा समाचार:
Search

जनविकास माविमा छात्रवृत्ति वितरण, बालक्लब र जुरेस गठन

पार्वती सुवेदी/विकल्प न्यूज
मराङ २७ जेठ । Marang (2)म्याग्दीको धौलागिरी गाउँपालिका ६ मराङमा रहेको जनविकास माविमा आईतबार छात्रवृत्ति वितरण संगै बालक्लब र जुनियर रेडक्रस सर्कल गठन भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता, प्रअ हरिप्रसाद लामीछानेको स्वागत, शिक्षक गोविन्द प्रसाद गौतमको सञ्चालन र वडा अध्यक्ष राजाराम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरकारले उपलब्ध गराएको ५६ हजार ६०० रुपैयाँ छात्रवृित्त वितरण गरिएको थियो । आधारभुत तहका छात्रा ४५ जना, मावि तहका दलित छात्रछात्रा ४७ जना र दुई जना अपांग विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको हो ।
भुपु शिक्षक बालकृष्ण सुवेदी र व्यवस्थापन समितिको सदस्य समेत रहनुभएकी उहाँकी भाउजु खतकुमारी सुवेदीले स्वर्गीय बुवा भद्रलाल, आमा खिरावती र दाजु हरिदक्त उपाध्यायको स्मृतिमा स्थपना गर्नुभएको ३१ ह्जार रुपैयाँको भद्रलाल, खिरावती, हरिदत्त छात्रवृत्ती कोषबाट १–५ तहमा उत्कृष्ट हुने २ छात्रा र १ छात्रलाई ६२० रुपैयाका दरले पुरस्कृत गरिएको थियो ।
स्वर्गीय शेरबहादुर गर्बुजाको स्मृतिमा उहाँका छोरा व्यवस्थापन समितिका पूर्व अध्यक्ष ज्ञानबहादुर गर्बुजाले स्थापना गर्नुभएको बिस हजार रुपैयाको अक्षयकोषबाट ६ देखि ९ कक्षा सम्मको वार्षिक परिक्षामा उत्कृष्ट हुने तिन जनालाई छ सय रुपैयाँका दरले पुरस्कार वितरण गरिएको छ ।

सोही समारोहमा विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न सहयोग गर्ने देश बिदेशमा रहेका चन्दादाताहरुलाई सम्मान गरिएको थियो । शिक्षक चन्द्र बुढाथोकीले विद्युतीय पुस्तकालयको बारेमा जानकारी गराउनुभएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष सुवेदीले सामुदायीक विद्यालयले समुदायको विश्वास जितेर अघि बढ्नुपर्ने बताउँदै आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यसैगरी प्रकाश सुवेदीको अध्यक्षतामा ११ सदस्यीय जुरेस र प्रतिक गर्बुजाको अध्यक्षतामा १३ सदस्यीय बालकल्व गठन भएको छ ।