ताजा समाचार:
Search

भरुवा बन्दुक र वन्यजन्तुको मासु सहित पक्राउ

विकल्प न्यूज/बेनी
जेठ २७ गते ।IMG20180609220655पश्चिम म्याग्दीको मंगला गाउँपालिका २ हिदीबाट शनिबार साँझ भरुवा बन्दुक र वन्यजन्तुको मासु सहित एकजना पक्राउ परेका छन् । प्रहरीचौकी बाबियाचौरबाट खटि गएको प्रहरी सहायक निरिक्षक सहितको टोलीले शंकास्पद व्यक्तिहरुको घरमा चेकजाँच गर्ने क्रममा हिदीका ३५ वर्षिय दलबहादुर पुनकलाई पक्राउ गरेको हो ।

पुनको घरमा लुकाइराखेको विना लाईसेन्सको अवैध १ नाले भरुवा वन्दुक सहित दुर्लभ जनावरको मासु फेला पारेपछि पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक दीपक महत क्षेत्रीले जानकारी दिनुभएको छ ।

‘पुनको घरको एउटा कुनामा लहरा बनाइ लुकाई राखेको ८ वटा लहरा मासु र विना लाइसेन्सको एकनाले भरुवा बन्दुक फेला पारेपछि पुनलाई पक्राउ गरिएको हो’प्रहरी निरिक्षक क्षेत्रीले भन्नुभयो ।

निज पुनलाई लाई भरुवा वन्दुक र वन्यजन्तुको मासु सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।