ताजा समाचार:
Search

म्याग्दी समाचार

सौन्दर्यकला व्यवसायी संघद्वारा तीज विशेष कार्यक्रममा पुजालाई सहयोग

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ ९ ।  आर्थिक अभावमा विद्यालयबाट रेष्टिकेट गराइदिनु भनेर चिठी लेखेकी म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी पुजा खत्रीलाई सहयोग आउने क्रम जारीरहेको छ । यसैक्रममा शनिबार सौन्दर्यकला व्यवसायी संघ म्याग्दीद्वारा १२ वर्षीया छात्रा पुजाको परिवारलाई आर्थिक तथा जिन्सी सहयोग गरिएको हो ।  नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा सौन्दर्यकला व्यवसायी […]

जलजलामा निशुल्क दन्त शिविरबाट तिनसय लाभान्वित

विकल्प न्यूज/जलजला भदौ ९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ५ फलामेडाँडाँमा शुक्रवार आयोजना गरिएको निशूल्क दन्त शिविरबाट तिनसय जना सेवा लिएका छन् । फलामेडाँडाँमा रहेको प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजना,निक्की थापाको नेतृत्व र हेल्डीङ हेण्डस नेपालको सहयोगमा एकदिने शिविरको आयोजना गरिएको हो । शिविरमा जलजला गाउँपालिकाका लेकफाँट, बाँसखर्क, माझफाँट, शालीजा, धाइरिङ र अन्नपूर्ण गाउँपालिकाको […]

म्याग्दी क्याम्पसका विद्यार्थीहरुलाई योग शिक्षा (फोटोसहित)

विकल्प न्यूज/बेनी भदौ ८ गते ।   म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रवार योगशिक्षा प्रदान गरिएको छ । स्वस्थ्य जिवन शैली अपनाउनका लागि विद्यार्थीरुलाई योग शिक्षा प्रशिक्षण कार्यक्रम राखिएको हो ।नविन आनन्द योग केन्द्र नेपाल म्याग्दीका गुरु नविन जुग्जालीले स्नातकतहक व्यवस्थापन संकाय पहिलो वर्ष र मानविकीको चौथो वर्षमा अध्ययनरत गरि करिब ५० जना विद्यार्थीहरुलाई दुइ घण्टा […]

पुजाको त्यो चिठी….. जसले मनकारीहरुलाई जोड्यो

विकल्प न्यूज/बेनी भदौ ८ गते ।     बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीले एकदिन आफूले पढ्ने जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगाना लाई आफु गरिबीका कारण पढ्नका लागि विद्यालय आउन नसक्ने भएको हुँदा विद्यालयबाट रेष्टीगेट गरिदिनु भनेर पत्र लेखिन । जुन पत्र अहिले समाजिका सञ्जालमा भाइरल भएको छ । पुजालाई सहयोग गर्नेको ओइरो नै […]

ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरको गाजनेमा रथयात्रा

प्रताप बानियाँ/बेनी म्याग्दी, भदौ ८ ।   म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरको बिहीबार रथयात्रा भएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथि, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासिन्दा लगायतले […]

जन्मदिनको खर्च कटाएर खत्रीलाई सहयोग

विकल्प न्यूज/बेनी भदौ ७ गते ।  पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने चलन बढिरहेको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको बीचमा एक पत्रकारले आफ्ना जन्मदिनको खर्च आर्थिक अभावकै कारण विद्यालय जानबाट बन्चित भएकी एक बालिकालाई सहयोग गरेका छन् । गरिबीका कारण पढ्ने […]

खिमकुमारीको उपचारका लागि लायन्सले जुटायो एकलाख २३ हजार

विकल्प न्यूज/जलजला भदौ ७ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीकी क्यान्सर रोगबाट पीडित खिमकुमारी शर्माको उपचारका लागि लायन्स क्लब अफ बेनी मल्लाजले एकलाख २३ हजार चार सय २० रुपियाँ सहयोग संकलन गरेको छ । फोक्सोको क्यान्सरबाट थलिएकी शर्माको उपचारमा आर्थिक समस्या भएपछि लायन्स क्लबले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । संकलित रकम […]

बिलबाङका पहिरो पीडितलाई राहत वितरण

विकल्प न्यूज/बेनी भदौ ७ गते । मालिका गाउँपालिका २ बिलबाङका पहिरो पीडितहरुलाई विहिवार राहत वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया विटालु पीडितहरुलाई राहत वितरण गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको समन्वय र गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवीको पहलमा उपलब्ध भएको १७ ओटा त्रिपाल पहिरो पीडितहरुलाई हस्तान्तरण गरिएको […]

म्याग्दीमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय स्थापना

विकल्प न्यूज/बेनी भदौ ७ गते ।म्याग्दीको सदरमुकाम बेनी बजारमा गण्डकी प्रदेश अन्तर्गत रहने गरि जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । बुधवार देखि औपचारिक रुपमा कार्यालय स्थापना गरि सेवाप्रवाह सुरु गरिएको निमित्त डिभिजन प्रमुख खगराज शर्माले बताउनुभयो । संघिय सरकार अन्र्तगत रहेको साविक सिँचाई विकास सवडिभिजन कार्यालय खारेज गरि सोही स्थानमा गण्डकी […]

मृगौला पीडित सुरेशको उपचारका लागि विद्यार्थीले जुटाए ४३ हजार

विकल्प न्यूज/बेनी भदौ ७ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि विद्यार्थीले ४३ हजार पाँचसय १५ रुपियाँ जुटाएका छन् । संकलित रकम सुरेश बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई विहिवार हस्तान्तरण गरिएको हो । मगर विद्यार्थी र छन्त्याल विद्यार्थी संघले संयुक्त रुपमा बेनीमा रहेको प्रकाश माध्यमिक […]

सात करोड लगानीको प्रस्ताव सहित मालिकाको पर्यटन गुरुयोजना तयार

विकल्प न्यूज/बेनी भदौ ६ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिकाले पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशिल नेपाल प्रालिको सहकार्यमा गाउँपालिकाले गुरुयोजना तयार पारेका हो ।  गाउँपालिका भित्र रहेका मुख्य पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधारको निर्माण,पदमार्ग र होमस्टेलाई उच्च प्राथमिकता राखेर पाँच वर्षे पर्यटन गुरुयोजना तयार पारिएको हो । गुरुयोजनाका रुपमा तयार पारेको पुस्तक बुधबार […]

आमा समूहद्वारा आर्थिक सहयोग

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ ६ । पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा क्रियाशिल महिला सुधार आमा समूहले बुधबार आर्थिक सहयोग गरेको छ । समूहका सदस्य मनमाया गिरीको श्रीमान् टेकबहादुर गिरीको असामयिक निधन भएको १३औं दिनको पुण्यतिथिमा आमा समूहले नगद तीनहजार ३३३ रुपैयाँ गिरी परिवारलाई सहयोग हस्तान्तरण गरेको हो । समूहका अध्यक्ष भद्रकली जैसीले सदस्य मनमाया गरीलाई […]

स्थानीय तहमा बढ्यो भ्रष्टाचार

विकल्प न्यूज/बेनी भदौ ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा परेकामध्ये एक तिहाइ उजुरी स्थानीय तहसँग सम्बन्धित भएको विवरण सार्वजनिक भएको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष ०७४/७५ मा परेका कुल ७ सय ३३ मध्ये २ सय ४ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् । जनसहभागितामा हुने विकास निर्माणमा जनप्रतिनिधिले प्रचलित प्रक्रियाविपरीत उपभोक्ता […]

मृगौला पीडित सुरेशको उपचारमा सहयोग जुटाउन अभियान सुरु

विकल्प न्यूज/बेनी भदौ ५ गते । दुवै मृगौलाले काम गर्न नसकेर थलिएका म्याग्दीका एक युवाको उपचारमा सहयोग जुटाउन अभियान सुरु भएको छ । ओमकुमारी शान्तिकोषले मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिइ सुरेश छन्त्यालको उपचारमा आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको कोषका अध्यक्ष […]

बिलबाङका पहिरो पीडितलाई थप ३० हजार राहत उपलब्ध गराउने निर्णय

विकल्प न्यूज/बेनी भदौं ५ गते । मालिका गाउँपालिका २ रुमको बिलबाङका पहिरो पीडितहरुले प्रतिपरिवार थप ३० हजार रुपियाँ राहत पाउने भएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा वसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले पहिरो पीडित पाँच घरपरिवारलाई जनही थप ३० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको सहायक […]