ताजा समाचार:
Search

कर शिक्षा सिकाउदै अान्तरिक राजश्व कार्यालय

विकल्प न्युज र बेनी
म्याग्दी, मंसिर ४ गते ।received_368048630598499आन्तरिक राजस्व कार्यालय बागलुङको साविकको धवलागिरी अञ्चलमा करदाता शिक्षा अभियानलाई तिब्रता दिएको छ । कर दिवसको अवसरमा साताब्यापी कार्यक्रम अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा संघीय संरचना अनुसार नेपालको राजस्व नीति र कर प्रणाली विषयक अन्तरक्रिया कार्यक्रमको अवसरमा हरेक नागरिकलाई कर शिक्षा आवश्यकता रहेको बताइएको थियो । कार्यक्रममा कार्यालय प्रमुख कर अधिकृत हेमराज सुबेदीले करका बारेमा जानकार नहुदाँकर प्रशासनसँग उद्योगीब्यापारी डराउने गरेको बताउँदै करशिक्षाका बारेमा बुझ्नेले सजिलै कर तिर्ने गरेको बताए । उनले सरकारले लिएको करमैत्री प्रशासन अनुसार कार्यालयले चारवटै जिल्लामा सहकार्य गरीस् कर शिक्षा सञ्चालन गर्ने बताए ।कर शिक्षासंगै कर असुली प्रभावकारी बनाउन कर प्रशासनलाई सूचनामैत्री बनाइएको सुबेदीले बताए ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख कर अधिकृत सुवेदी र कर अधिकृत सुन्दर श्रेष्ठले वर्तमान राजस्व नीति र कर प्रणालीको विषयमा सहजिकरण गरेका थिए । म्याग्दी, पर्वत र मुस्ताङका करदाताहरुले अब बागलुङबाटै कर तिर्न पाउने सुबिधा रहेको बताउँदै
तीन जिल्लाका करदाताहरु कर तिर्नका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । छिमेकी जिल्लामै आन्तरिक राजश्व कार्यालयको स्थापनाले कर शिक्षा थप प्रभावकारी हुने संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । उनले कर प्रशासनका विविधि ऐन, नियमका बारेमा जानकारी हुने तथा समस्या समाधानमा समेत सहज हुने बताए । उनले पेशाब्यवसाय सञ्चालन गर्दा स्थानी लेखा नम्बर लिनेको संख्या बढ्ने र जिल्लामा ब्यापार ब्यवसायमा संलग्नलाई सहज हुने बताए ।

जिल्लामा पान नम्बर लिएका तीन हजार र भ्याटमा दर्ता भएका तीन सय जना भन्दा बढी करदाता छन्। पान नम्बर लिएका मध्य दुई हजार जनाको हाराहारीका ब्यवसायी मात्र सक्रिय रहेका उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले बताए। म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता र महासचिव लिलाराम गौतमले सञ्चालन गर्नुभएको कार्यक्रमको बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाले समापन गरेका थिए । बागलुङबाटै कर तिर्ने सुबिधा भएपछि करदाताहरुलाई सुबिधा भएको छ । पोखरा जान आउन लाग्ने समय, आर्थिक खर्च र झञ्जट हटेको छ। यसैबीच कार्यालय स्थापनाको छोटो समयमा कर दिवससंगै अन्य सार्वजनिक कार्यक्रममा समेत कर शिक्षालाई प्रभावकारी बनाउन जिल्लाका सरोकारवाला संघसंस्थासंग सहकार्य गरिएको कार्यालयले जनयकाे छ ।