धौलागिरि टेलिभिजन अब प्रादेशिक

बागलुङ, २ मंसिर / विकल्प DTV agmmmधौलागिरी टेलिभिजनले यसै आर्थिक वर्ष भित्र गण्डकी प्रदेशको राजधानी पोखरामा क्षेत्रीय कार्यालय स्थापना गर्ने भएको छ ।
धौलागिरी टेलिभिजन प्रा.लि. बागलुङको शनिवार सम्पन्न पाँचौ बार्षिक साधारणले पोखरामा क्षेत्रिय कार्यालय स्थापना गरी सेवालाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

साविक धौलागिरि अञ्चललाई लक्षित गरी सञ्चालन भएको टेलिभिजन हाल गण्डकी प्रदेश लगायत अन्य जिल्लामा समेत विस्तार भएको अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
टेलिभिजनलाई प्रदेशकै प्रभावकारी र सशतm सञ्चार माध्यमका रुपमा बिस्तार गर्ने योजनाका साथ प्रदेश राजधानी पोखरामा कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको टेलिभिजन प्रा.लि.का सचिव रामबहादुर जि.सी.ले बताउनु भयो ।
टेलिभिजनबाट प्रसारण हुने सञ्चार सामाग्रीलाई समृद्धिको अभियान सँग जोड्नका लागि साधारणसभाले प्रदेश सरकार र स्थानीय तहसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सस्थामा कार्यरत जनशतिmको क्षमता अभिबृद्धि साथै थप जनशक्तिका साथ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
साधारण सभाले सँस्थाका सचिव रामबहादुर जिसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोक कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधरण सभामा संस्थाका लेखा समितिका सदस्य तथा काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापा, सल्लाहकार कमल श्रेष्ठ , नवराज पौडेल, लेखा समिति संयोजक सिद्धार्थ मिलन श्रेष्ठ, सञ्चालक मनोज कुमार श्रेष्ठ, प्रकाश पौडेल, लेखा सदस्य केशव प्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम धौलागिरी टेलिभिजन प्रा. लि.का अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष दयाराम पौडेलको स्वागत र सचिव राम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०७० असोज १९ गते समाचार प्रशारण गरेर परिक्षण प्रशारण शुरु गरेको धौलागिरि टेलिभिजनले २०७० चैत २ गतेदेखि औपचारिक सेवा सञ्चालनमा ल्याएको छ ।

धौलागिरिवासीलाई सूचना र सञ्चारमार्फत सुसुचित गर्ने, मनोरञ्जन, शिक्षा लगायतमा सहयोगी बन्दै आएको टेलिभिजनको कार्यक्षेत्र विस्तार भएको र अब गण्डकी प्रदेशलाई लक्षित गरी सेवा प्रवाह गरिने उपाध्यक्ष दयाराम पौडेलले बताउनु भयो ।

२४ सै घण्टा सञ्चालनमा रहेको टेलिभिजनमा हाल १६ जना सञ्चारकर्मी कार्यरत रहेको कार्यकारी सञ्चालक प्रकाश पौडेलले जानकारी दिनुभयो ।