जटिल राेगका विरामीलाई मोना यूएईद्धारा १ लाख सहयाेग

विकल्प न्युज / बेनि

मंसिर ४ गते । received_771001053252365
म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले उपचार गराइरहेका तीनजना बिरामीलाई एक लाख आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभाव र विपन्नताका कारण लामो समय उपचारबाट बन्चित भएका विरामीलाई लक्षित गरी मोना यूएईल संकलन गरेको आर्थिक विरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो ।

मोना यूएईका महासचिव सुवास राम्जाली, उपसमिति सदस्य रुपा मिजारले आँखामा समस्या भएका धवलागिरी गाउँपालिका–२ लुलाङका नजिर विकलाई ४० हजार, सोही गाउँपालिकाका वडा नं ७ ताकमका मृगौलापीडित ३० हजार र बेनी नगरपालिका–९ कोशेपानीकी मुटुरोगी सपना मिजारको उपचारमा ३० हजार सहयोग उपलब्ध गराइएको हो ।

सदरमुकाम बेनीस्थित परोपकारी संस्था ओमकुमारी शान्ति कोषको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मोना यूएईका महासचिव सुवास राम्जालीले आर्थिक अभावकै कारण उपचारमा समस्या भएको जानकारी लगत्तै सहयोग सङ्कलन गरिएको बताउनु्भयो ।

विपन्न म्याग्देलीको उपचारमा सानो सहयोगले पनि बिरामीले नयाँ जीवन भएकाले पनि संस्थाले संस्थागत संगै मानवीय सेवालाई पनि निरन्तरता दिने गरेको बताउनुभयो । कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले मानवीय सेवामा प्रवासी म्याग्देलीको सहयोग अतुलनीय रहेको बताउनुभयो ।

उहाँले म्याग्दी जिल्लाको परोपकारी अभियानलाई थप प्रभावकारी बनाउन कोषले १ करोड ५० लाखको अक्षय कोष स्थापना गर्ने अभियानमा समेत जुटेको बताउनुभयो ।

मुटुरोगी सपनाकी आमा नैन मिजारले छोरीको उपचारमा आर्थिक अभाव भएपनि स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले सहज भएको बताउँदै एकबर्षसम्म निरन्तर आर्थिक सहयोग आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मावि घतानका शिक्षक हरिप्रसाद ढुंगाना, पीडितका आफन्तको उपस्थिती रहेको थियो । ोही अवसरमा लायन्स क्लव बेनी पिससिटीले नजिरको १० हजार सहयोग हस्तान्तरण गरेको थियो ।

क्लवका अध्यक्ष लोकेश पुनमगर, प्रथम उपाध्यक्ष खम थापा, सन्दिप खत्रीको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको थियो ।