ताजा समाचार:
Search

मंगलाको प्राङ्गारिक मल उद्योगमा प्यूठानका जनप्रतिनिधिको भ्रमण

विकल्प न्यूज/बेनी
मंसिर ७ गते । 46451002_2035596613404906_2272192193852604416_n  म्याग्दीको मंगला गाउँपालिकाले सुरू गरेको प्राङ्गारिक मल उद्योगको सिको गर्न प्यूठान जिल्लाका जनप्रतिनिधिले अवलोकन भ्रमण गरेका छन् । गाउँपालिकाले खेतीयोग्य जमिनको दिगो संरक्षण र स्वस्थ्यकर बाली उत्पादनका लागि किसानलाई तालिम तथा अनुदानको सुविधा सहित उद्योग स्थापनाको अभियान प्रभावकारी देखिएपछि प्यूठान नगरपालिका वडा नं ४ का वडा अध्यक्ष प्रकाशराज भण्डारीको नेतृत्वको एक टोलीले भ्रमण गदैं मंगलाको प्रयोग आफ्नो वडामा समेत प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मल उद्योगको स्थापनाले बजार क्षेत्रमा सड्ने फोहोरको समेत ब्यवस्थापन भएको बताउँदै प्यूठानमा फोहोर ब्यवस्थापनमा देखिएको चुनौतीलाई समेत सहजै समाधान गर्न सकिने बताए।‘फोहोर ब्यवस्थापनमा नमुना अभ्यास भएको देखियो,‘यहाँकै अभ्यासलाई तत्कालै लागु गर्नेछौ’अध्यक्ष राजभण्डारीले भने ।

उनका अनुसार मल उद्योग र किसानले खेतीयोग्य जमिनको दिगो संरक्षण र स्वस्थ्यकर बाली उत्पादनका लागि प्राङ्गरिक मल प्रयोगलाई गाउँपालिकाले पहिलो चरणमा ४० जना किसानलाई दिएको तालिम तथा अनुदानको सदुपयोग भएको देखिएको बताए ।

46514486_2035596373404930_3422573856664059904_nस्थलगत अनुगमनमा नगरकार्यपालिका सदस्य, बजार ब्यवस्थापन समितिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।टोलीलाई गाउँपालिकामा स्वागत गदैं अध्यक्ष सतप्रसाद रोकाले परिक्षण उत्पादन सफल भएपछि थप योजना सहित किसानको घरदैलोमै पुगेर जानकारी गराउने प्रयास भएको बताएका थिए । उनले रासायनिक मलको प्रयोगले क्षणिक रुपमा उत्पादन बृद्धि भएपनि दीर्घकालिन रुपमा माटोका उर्बरा शक्ती नष्ट गर्ने, चिस्यान धारण क्षमता घट्ने, उत्पादित बाली पूर्णरुपमा स्वस्थ्कर नहुने र वातावरणमा समेत नकारात्मक असर गर्ने लगाएतका विषयमा किसानलाई जानकारी गराइएको बताए ।

उनले गाँउपालिकाले एक गाउँ एक उद्योगको अवधारणा समेत लिएका बतार्उँदै जिल्लामै कृषि उत्पादनमा पकेट क्षेत्रको रुपमा समेत चिनिएकाले आयातित मललाई विस्थापित गर्ने अभियान रहेको बताए ।

एकदिने अवलोकन भ्रमणमा आएको टोलीले बजारको फोहोर ब्यवस्थापनका बारेमा समेत जानकारी लिएको उपाध्यक्ष सृजना केसीले बताईन् । उनका अनुसार प्यूठानबाटै मंगला गाउँपालिकाको मल उद्योगका स्थलगत भ्रमणमा आउनु खुसीको कुरा भएको बताउँदै आगामी दिनमा उद्योगको क्षमता विस्तार गरिने बताउँदै सरकारी अनुदानका साथै गाउँपालिकाले समेत थप प्रोत्साहनका कार्यक्रम गर्ने बताए ।

भ्रमणमा आएको टोलीले गाउँपालिका भित्रको धार्मिक तथा पर्यटकीयस्थलका साथै अन्य विविध विषयमा समेत जानकारी लिएका थिए । कार्यक्रमको अध्यक्षता अध्यक्ष रोका, स्वागत उपाध्यक्ष केसी, सञ्चालन सुचना अधिकारी राजेन्द्र आचार्य र समापन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले गरेका थिए । बावियाचौरमा रहेको उद्योग तेजेन्द्र आचार्य,भबिलाल सुबेदी र दल बहादुर नेपालीले सञ्चालन गदैं आइरहेका छन् ।