गरिमा बैंकको स्थापना दिवसका अवसरमा बेनीमा रक्तदान

विकल्प न्यूज/बेनी
मंसिर ७ गते । 46508374_1950863861678543_7340740111258091520_nगरिमा विकास बैंकको बेनी शाखाले शुक्रवार बेनीमा रक्तदान कार्यक्रम गरेको छ । बैंकको १२ औं स्थापना दिवसका अवसरमा शाखा कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रमको बैंकका सञ्चालक समितिका सदस्य डाक्टर भुपेन्द्र वहादुर खड्काले उद्घाटन गर्नुभएको हो ।
garima bikash bankरक्तदान कार्यक्रममा बैंकका सञ्चालक, संस्थापक, कर्मचारी, अन्य बैंक तथा वित्तिय र सहकारी संस्थाका कर्मचारीहरुले पनि रक्तदान गरेका थिए ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ लगायत बैंकका संस्थापक तथा बजारका अगुवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो । सामाजिक कार्य अन्तरगत वार्षिक उत्सवको अवसर पारेर बेनी लगायत देशका विभिन्न आठ स्थानमा रक्तदान गरिएको प्रबन्धक ढुङगानाले बताउनुभयो ।

काठमाडौको लाजिम्पाटमा मुख्य कार्यालय रहेको गरिमा म्याग्दीको निगगिरि र शुभेक्षा विकास बैंकसँग एकिकरण भएको थियो । ६७ वटा शाखा र दुई अरब ७८ करोड रुपैयाँ सेयर पुँजी रहेको गरिमाले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २३ अर्ब रुपैयाँ निक्षेप संकलन र २१ अर्ब रुपैया कर्जा लगानी गरेको छ । म्याग्दीको बेनी, पोखरेबगर, बाबियाचौर र दरवाङमा शाखा रहेको गरिमाले कर्जा, निक्षेप, रेमिट्यान्स लगायत वित्तिय सेवा प्रवाह गर्दै आएको छ ।