विविध कार्यक्रमसहित म्याग्दीमा १६ दिने अभियान मनाइने

विकल्प न्यूज/बेनी
म्याग्दी, मंसिर ७ _MG_0023म्याग्दीमा विविध कार्यक्रमहरुको आयोजना गरेर यस वर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइने भएको छ । बिहीबार बेनी नगरपालिकाको आयोजनामा सरोकारवालाहरुको उपस्थितिमा बसेको वैठकमा विविध कार्यक्रमसहित १६ दिने अभियान मनाउनेबारे छलफल र अन्तत्र्रिmया गरिएको हो ।

वैठकमा आउँदो ९ गते अर्थात् नोभेम्बर १० तारिखका दिन सदरमुकाम बेनीमा सरोकारवाला निकाय, संघसंथा र व्यक्तिहरुको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरी अभियानको थालनी गरिने निर्णय भएको छ । बेनीको शहिदस्तम्भ चोकबाट विभिन्न नारा र मागहरु लेखिएको प्लेकार्ड बोकेर, व्यानरसहित नाराबाजी गर्दै प्रभातफेरी कार्यक्रम गरिने महिला अधिकारकर्मीहरुको भनाइ छ ।

यसैगरी सोही दिनको साँझ बेनीमा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीद्वारा दिप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएको बेनी नगरपालिकाका सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीले जानकारी दिएकी छिन् । त्यस्तै मंसिर १० गतेदेखि १४ सम्म बेनी नगरपालिकाका वडाहरुमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच गर्न शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ ।

वैठकमा युवा महिला सञ्जालद्वारा महिला हिंसाविरुद्धको सडक नाटक प्रस्तुत गरिने भएको छ । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले पछिल्लो समय देशैभर महिला हिंसाका घटनाहरु बढेको भन्दै अभियानमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गराउनुपर्नेमा जोड दिएकी छिन् ।

कार्यक्रममा जिल्लास्थित महिला सहकारीका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । यस वर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार’ तथा अन्तर्राष्ट्रिय नारा ुः’Me too Campign : Orange the World’ भन्ने तय भएको छ ।