समाचार

खोल्न सकिन्छ कोरला नाका

दीलीप पौडेल /बागलुङ मंसिर १९ गते । मुस्ताङ (छोन्हुप)- समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइ। हजारौँ हेक्टरमा फैलिएको समतल भूभाग। मैदानको बीचमा ‘नेपाल २४ २०१९’ लेखिएको सिमेन्टको पिल्लर। पिल्लरको करिब ३० मिटर दूरीमा काँडेतारबेर। २४ नम्बर पिल्लरको करिब ६० हात पर फलामे ढोका छ। त्यसको केही पर सोलार प्यानलजडित सिसी क्यामेराबाट चिनियाँ […]

कहिले खुल्छ बन्द गेट ? कोरला नाकाबाट स्थलगत रिपोर्ट

सुधीर शर्मा, काठमाडौं मंसिर १९,  मुस्ताङ सदरमुकाम जोमसोमबाट झन्डै ७० किलोमिटर उत्तरको लोमन्थाङ र आसपासका क्षेत्रमा एकथरी मोटरसाइकलहरू छ्यापछ्याप्ती देखिन्छन्, जसमा नम्बरप्लेट हुँदैन । चीनबाट ल्याइएका यी बाइक नै यहाँका मुख्य व्यापारिक माध्यम हुन्, जसले लोमन्थाङभन्दा करिब २५ किमि माथि पर्ने कोरला नाका हुँदै तिब्बती बजारमा प्रवेश पाउँछन् र सरसामान ओसारपसार गर्छन् । करिब २५० […]

दिल्लीमा कमल थापाले चारबुँदे समझदारी गरेको खुलासा

१९ मंसिर, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मधेस आन्दोलनको मुख्य मागका रुपमा रहेको सीमांकन हेरफेरलाई लिएर भारतसँग लिखित प्रतिवद्धता नै गरेको खुलेको छ । मधेसी मोर्चासँगको वार्ता छाडेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा यसैसाता दिल्ली गएका थिए । मन्त्री थापा दिल्ली गएकै बेला प्रधानमन्त्री केपी ओलीले समेत भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरे […]

मल्लाजको बगरफाँटका बासिन्दा सात महिनादेखि सडक सुबिधाबाट बञ्चित

विकल्प /म्याग्दी मङ्सिर १८ गते । म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको मल्लाज बगरफाँटका बासिन्दाहरु सात महिनादेखि सडक सुबिधाबाट बञ्चित भएका छन् । कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी सडक सुबिधाबाट बञ्चित भएका हुन् । २०७२ जेठ १० […]

गुर्जामा हाब्रे संरक्षणका लागि चेतनामुलक कार्यक्रम

संन्तोष गौतम विकल्प/म्याग्दी,मंसिर १८ गते । म्याग्दी जिल्लामा संकटापन्न अवस्थामा रहेको जंगली जनावर हाब्रे (रेडपाण्डा)को उपस्थिती भेटिएपछि संरक्षण अभियान सुरु भएको छ । विश्व बन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम, रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले हाब्रे संरक्षणका लागि समुदाय तथा विद्यालयमा चेतनामुलक कार्यक्रम सुरु गरेका हुन । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताहरुले हालै गरेको अध्ययनका क्रममा […]

सरकारी कार्यालयमा अब डिजिटल सिग्नेचर

१६ मंसिर, काठमाडौं । सरकारले बुधबारदेखि सरकारी कामकाजमा ‘डिजिटल सिग्नेचर’ प्रयोग गर्न सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विहान शितल निवासमा डिजिटल सिग्नेचर अनुसार हुने कामकाजको सुरुवात गरिन् । सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार विद्युतीय कारोबार ऐनअनुसार कम्प्युटरबाट हुने सबै काम कारवाही डिजिटल सिग्नेचरको माध्यमबाट हुनेछ । डिजिटल सिग्नेचर अनुसार काम गर्दा […]

म्याग्दीमा पटकपटक विद्युत कटौटी

विकल्प/म्याग्दी मंसिर १६ गते । म्याग्दीमा विहान र बेलुकी पटकपटक विद्युत कटौटी हुन्छ । विहान ६ बजेदेखी ९ बजेको विचमा पटकपटक विद्युत कटौटी हुदाँ उपभोक्ता हैरानीमा परेका छन् । कहिल्यै गएको एकदुईमिनेटमै फेरी आउँछ । यसबाट उपभोक्ता मात्रै होईन विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले पनि हैरानी खेप्नुपरेको छ । विहानको समयमा काठमाण्डौबाट मोदी वितरण केन्द्रलाई […]

विवाद मिलाउन प्रचण्डद्वारा आठ प्रदेशको प्रस्ताव

काठमाडौं, मंसिर १६ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमांकनको विवाद मिलाउन आठ प्रदेशको विकल्प अघि सार्नु भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले मंगलबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सीमांकनको विवाद मिलाउन केही प्रदेशको सीमांकनमा हेरफेर र आठौं प्रदेश निर्माणको प्रस्ताव गर्नु भएको हो । जसमा प्रदेशको सीमांकन रहेफेर र आठौं प्रदेश […]

पार्टीमा क्यान्सर लाग्यो भन्दै प्रचण्डले बनाए १५ बुँदे आचारसंहिता

१५ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले एमाओवादी पार्टीभित्र क्यान्सर लागेको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका छन् । ‘क्यान्सरझै फैलिइरहेको गुटबन्दी, अराजकता, व्यक्तिवादजस्ता ग्रैह सर्वहारा आचरण र कार्यशैली हटाउन आज पार्टीमा ठूलो शल्यक्रियाको खाँचो छ,’ मंगलबार पेरिसडाँडामा आयोजित केन्द्रीय समिति बैठकमा २७ पृष्ट लामो राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले भनेका छन्-‘पार्टी पुनर्निर्माणको अन्तिम अवसरका […]

एड्स रोग न्युनीकरणका लागि नाटक प्रर्दशनी

सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर१५ गते । ‘दिगो विकास प्राप्तिको लागि एड्स महामारीको अन्त्य’ भन्ने मुल नाराका साथ मंगलबार म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि २८ औ विश्व एड्स दिवस मनाइएको छ । दिवसको अवसरमा बेनी बजारको विभिन्न स्थानमा एड्स रोग न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले सडक नाटक प्रर्दशन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय […]

म्याग्दीमा कृषि र पशुपालन विकासका लागि छ करोड बजेट प्राप्त

सन्तोष गौतम/विकल्प म्याग्दी, मंसिर १५गते । सरकारले म्याग्दी जिल्लामा कृषि र पशुपालन विकासका लागि यस वर्ष छ करोड रुपैयाँ भन्दा बढी बजेट स्वीकृत गरेको छ । जिल्ला पशु सेवा र कृषि विकास कार्यालय मार्फत कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि छ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरका योजना तथा कार्यक्रम सञ्चालन हुन लागेको हो […]

अस्पतालजन्य फोहोर ब्यवस्थापनमा चुनौती बढ्यो,जल तथा वातावरण प्रदुषणको समस्याका साथै मानव स्वास्थ्यमा असर

सन्तोष गौतम/विकल्प म्याग्दी मंसिर १५गते । स्वास्थ्य संस्था तथा अस्पतालहरुमा उत्पादन हुने फाहोर ब्यवस्थापनमा चुनौती देखिएको छ । अस्पतालजन्य फोहोरको सुरक्षित र व्यवस्थित बिर्सजनमा ध्यान नदिँदा जल तथा वातावरण प्रदुषणको समस्या बढ्नुका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने खतरा बढेको हो । सोमबार साँझ बेनीमा एक्कासी निस्केको घुँवाको सदरमुकामबासी र त्यस आसपासका नागरीकलाई करिब तिन […]

झिँको महेन्द्र माविलाई प्रवासीद्धारा दुई लाख १० हजार नगद सहयोग

सन्तोष गौतम/विकल्प म्याग्दी १४ मंसिर । म्याग्दीको झिँमा रहेको महेन्द्र माविलाई सोमबार एक जना प्रवासीले दुई लाख रुपैया भन्दा बढी नगद सहित खेलकुद र ध्वनी सामाग्री सहयोग गर्नुभएको छ । अमेरीकामा बस्दै आउनुभएका पृथ्वीमान गर्बुजाले नगद एक लाख १० हजार रुपैयाँ विद्यालयमा आयोजित एक समारोहमा हस्तान्तरण गर्नुभएको हो । उहाँले एकएक थान भलिबल, बास्केटबल, फुटबल […]

खेलकुदको विकास र सामाजिक कार्य गर्न गलेश्वर शिव यूवा क्लवको गठन

विकल्प /म्याग्दी मंसिर १४ गते । बेनी नगरपालिका–९ घतानस्थित गलेश्वरका यूवाले धार्मिक, सामाजिक तथा  खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न यूवा क्लवको स्थापना गरेका छन् । जिल्लामै प्रमुख धार्मिकस्थल गलेश्वर बजार तथा आसपासका क्षेत्रका यूवाको भेलाले दिवाकर बुढाथोकी मगरको अध्यक्षतामा गलेश्वर शिव यूवा क्लवको स्थापना गरेका हुन् । क्लवको उपाध्यक्षमा मोहन कार्की ‘विवश’ विरबहादुर मगर शेरपुञ्जा, सचिव […]

माउन्ट एभरेष्ट विद्यालयद्धारा खेलकुद विकास समितिका पूर्व अध्यक्ष र खेलाडीहरु सम्मानित

विकल्प/म्याग्दी मंसिर १४ गते । बेनीमा रहेको माउन्ट एभरेष्ट उच्च माध्यमिक विद्यालयले जिल्लाको खेलकुद क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरुलाई आज सम्मान गरेको छ । साथै विद्यालयले जिल्लाबाट विभिन्न खेलहरुमा उत्कृष्ट पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई पनि सम्मान गरेको हो । विद्यालयले खेलकुद विकास समितिका ६ जना पुर्व अध्यक्ष, […]