आर्थिक समस्या झेल्दै बालोदय निमावि

प्रताप बानियाँ /विकल्प
म्याग्दी, पुस ९ गते ।
म्याग्दीको कुहुँ–७ भर्जुलामा सञ्चालित बालोदय निम्न माध्यमिक विद्यालय आर्थिक समस्या झेल्न बाध्य भएको छ । विद्यालयमा रहेका कुल १२ ओटा कोठा र ब्राण्डमा प्लाष्टर गर्ने आर्थिक स्रोत नभएपछि विद्यालयले आर्थिक सङ्कट बेहोर्नुपरेको हो ।
कुहुँ गाविसको ३० हजार रुपैयाँ आर्थिक सहयोग, स्थानीयवासीबाट चन्दा सङ्कलन, जनश्रमदान र अन्य सहयोग गरी झण्डै १ लाख रुपैयाँ भन्दाबढीको लागतमा विद्यालयका कोठाहरु निर्माण तथा मर्मत गरिएपनि ३ कोठा तथा ब्राण्डको प्लाष्टर गर्ने कार्य अलपत्र परेको विद्यालयले जनाएको छ । विद्यालय मर्मतका लागि अन्य स्रोत नहुँदा विद्यार्थीले दैनिक पठनपाठन गर्ने कक्षाकोठामा प्लाष्टरको काम अगाडि बढाउन नसकिएको विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर पाईजाले बताए । IMG_0740
उक्त विद्यालयमा निजी स्रोतका २ जना शिक्षकलाई तलब खुवाउँदै आइएपनि शिक्षकको तलब भत्ताको व्यवस्था गर्न समेत थप समस्या भएको उनले जानकारी दिएका छन् । विद्यालय व्यवस्थापन र शिक्षकको तलब भत्ताका लागि गाउँमा लाहुरे स्वागत, चन्दा सङ्कलन र अन्य सहयोगका कार्य गरिएको भए पनि आर्थिक स्रोतको अभाव देखिएको छ ।

IMG_0742
हाल उक्त विद्यालयमा ७२ जना विद्यार्थीहरु अध्ययनरत छन्भने निमावि तहमा ३, प्रावि ३, बाल शिक्षा १, कर्मचारी १ र निजी स्रोतबाट २ जनासहित १० जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् । प्रावि र निमावि तहमा थप दरबन्दी नपाइएको विद्यालय व्यवस्थापन समितिको भनाई छ ।