म्याग्दीका पत्रकारहरुका लागि आत्मानुशासन सम्बन्धि तालीम

विकल्प/म्याग्दी
पुस ६ गते ।
म्याग्दीको बेनीमा सोमबार जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुका लागि आयोजित आत्मअनुशासन सम्बन्धि तालीम सम्पन्न भएको छ ।

अस्ट्रेलीयन राजदुतावासको सहयोगमा सेन्टर फर मिडिया फ्रिडमले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा आयोजना गरेको तालीम दुई दिनसम्म सञ्चालन भएको थियो ।
म्याग्दीका २० जना पत्रकार तथा सञ्चारकर्मी सहभागि तालीममा पत्रकार आचार संहिता तथा पत्रकारले अपनाउनुपर्ने संयमताका विषयमा सेन्टर फर मिडिया फ्रिडमका अध्यक्ष ध्रुबहरी अधिकारी र महासचिव बिमल गौतमले सहजिकरण गर्नुभएको थियो ।10310619_928045007279792_7357446272930944009_n

तालीमको समापन कार्यक्रममा आयोजक संस्थाका महासचिव बिमल गौतम, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरज केसी, सहभागि तारानाथ शर्मा र शर्मीला सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष ध्रबहरी अधिकारीको अध्यक्षता र केन्द्रिय सदस्य दिलीप पौडेलले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सन्तोष गौतम