हिस्तानलाई सरसफाई युक्त र घरभित्रको घुँवामुक्त गाविस घोषणा (तस्विर सहित)

सन्तोष गौतम,ठाकुरप्रसाद आचार्य/विकल्प

पुस ७ गते ।

म्याग्दीको पर्यटकीय हिस्तान गाविसलाई मंगलबार सरसफाईयुक्त र घरभित्रको घुँवामुक्त गाविस घोषणा गरिएको छ । जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको सहयोग र गाउँ स्तरीय समितिको आयोजनामा हिस्तानको होमस्टे गाउँका रुपमा प्रख्यात टिकोटमा एक समारोहको आयोजना गरि सरसफाई युक्त र घुँवामुक्त घोषणा गरिएको हो ।DSC07566

हिस्तानमा रहेका ४९६ घरधुरीमा सरसफाईका आधारभुत सूचक र सबै घरमा सुधारीएको चूल्हो निर्माण भई प्रयोगमा आएकाले घोषणा गरिएको जनाइएको छ । कार्यक्रममा सहभागि हिस्तानबासीहरुले आगामी दिनमा घोषणालाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

DSC07610

हिस्तान म्याग्दीको तेस्रो तथा नेपालको चौथो सरसफाई युक्त तथा म्याग्दीको पाँचौ घरभित्रको घुँवामुक्त गाविस हो । हिस्तान गाविसको सरसफाईको क्षेत्रमा परिचालन गर्न जिविस अन्तरगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाले ५५ हजार प्रोत्साहन र कार्याक्रम ब्यवस्थापनका लागि १५ हजार रुपैया सहयोग गरेको छ ।

DSC07611

हात धुने, घरायसी पानी शुद्धिकरण बिधी, चर्पीको प्रयोग, घरयासी सरसफाई, भान्सा कोठाको सरसफाई वातावरणीय, संस्थागत सरसफाई, फोहोर विसर्जन, व्यक्तिगत सरसफाई लगायतका मापदण्डहरु हिस्तानका स्थानीयवासीहरुले पुरा गरेका छन् ।DSC07697

यस्तै फोहोर थुपार्ने खाडल, भाडा सफा गरेर राख्ने चाङ निर्माण हुनुका साथै व्यक्तिगत रुपमा नियमित नङ काट्ने, नुहाउने, कपडा धुने, कपाल कोर्न, दाँत माझ्ने जस्ता मापदण्डहरु पुरा गरेका हुन ।

घोषणा कार्याक्रममा प्रमुख अतिथि म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले आधारभुत सरसफाई र खानेपानीको सुबिधा विस्तार गरि जनताको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सरसफाई अभियान सञ्चालन गरिएको बताउनुभयो ।

DSC07578

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मी, एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदी, एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद् सदस्य गोविन्द पौडेल र राप्रपा म्याग्दीका अध्यक्ष एकेन्द्र रावलले बिकासका हिसावले हिस्तानबासीहरुले नमुना काम गरेको बताउनुभयो ।

DSC07616

यसैगरी परियोजनाका अनुगमन तथा मूल्यांकन बिशेषज्ञ यारी लौका, गैसस महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, हिस्तानका अगुवा चन्द्रबहादुर पुन, युवा मिलन गर्बुजा, महिला स्वमसेवक रिताकुमारी पुर्जाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।DSC07579

हिस्तान गाविस कार्यालयका सचिव उपेन्द्रराज शर्माको अध्यक्षता, पश्चिम नेपाल ग्रामिण खानेपानी परियोजनाका फिल्ड संयोजक प्रगती कार्कीको सञ्चालन र टिकोट माविका प्रअ प्रदिप पुनले स्वागत गर्नुभएको कार्यक्रमको जिविसका फोकल पर्सन राजेन्द्र आचार्यले सहजिकरण गर्नुभएको थियो ।

घोषणा पुर्व हिस्तानबासीले टिकोटमा झाँकी र बाजागाजा सहित ¥यालीले परिक्रमा गर्नुका साथै नाचगान गरेर खुसीयाली मनाएका थिए ।
DSC07583 DSC07584 DSC07591 DSC07601 DSC07634 DSC07665 DSC07671 DSC07678 DSC07681 DSC07685 DSC07687 DSC07690DSC07561