बेनीमा गाईभैसी पालन तालीम सुरु

विकल्प/म्याग्दी
पुस ६ गते ।
म्याग्दीको बेनीमा सोमबारदेखि जिल्ला स्तरीय गाई भैसी पालन तालीम सुरु भएको छ ।

जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको तालीम तिन दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालीममा जिल्लाको विभिन्न ठाउँका २१ जना गाई भैसीपालक कृषकहरुको सहभागिता रहेको छ ।

कृषकहरुलाई ब्यवसायीक गाईभैसी पालनका क्रममा आईपरेका समस्या पहिचान गरि प्राबिधिक ज्ञान प्रदानका साथै दूध उत्पादनमा वृद्धी गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो । DSC05944
तालीममा गाईभैसी पालनको आधारभुत प्राबिधिक, ब्यवहारीक ज्ञान, स्याहार सुसार, दूध बजारीकरण, दूग्धजन्य पदार्थको बजार सम्भावना, आहरामा आधारीत पशुपालन, घाँस खेती लगायतका विषयमा सहजिकरण गरिने भएको छ ।

तालीमको बरिष्ठ पशु चिकित्सक दयाराम चापागाई, पशु विकास अधिकृत नरबहादुर बानियाँ, पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मी र नायव पशु स्वास्थ्य प्राबिधिक यामलाल पोख्रेलले सहजिकरण गर्नुहुने जनाइएको छ । सन्तोष गौतम