बेनीमा आज गोलाप्रथाद्धारा ग्यासका उपभोक्ता छनौट

सन्तोष गौतम /म्याग्दी
पुस ५ गते । म्याग्दीमा सिमित संख्यामा भित्र्न लागेको खाना पकाउने ग्यास वितरणका लागि आईतबार बेनीमा गोलाप्रथाद्धारा उपभोक्ता छनौट गरिएको छ ।

photo gayash

जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको पहलमा सोमबार बेनीमा ल्याउन लागिएको ग्यासका लागि गोलाप्रथाद्धारा ४६० जना भाग्यमानी उपभोक्ता छनौट गरिएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारीमा उपभोक्ताहरुको अगाडी गोलाप्रथा गरेर छनौट गरिएको थियो ।

स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले गोला झिक्ने कार्यक्रमको सुरुवात गर्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक र उद्योग वाणिज्य संघका पदाधीकारीहरु उक्त कार्यक्रममा सहभागि हुनुभएको थियो ।  DSC05907 ग्यास वितरणलाई ब्यवस्थित, बिवाद रहित र पारदर्शी बनाउन गोलाप्रथालाई निरन्तरता दिइएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । यसअघि पनि मंसिर १२ गते बेनीमा गोलाप्रथाद्धारा उपभोक्ता छनौट गरेर ३८१ वटा ग्यास सिलीण्डर वितरण भएको थियो ।

संघ र प्रशासनले वितरण गरेको उपभोक्ता परिचयपत्रमा उल्लेख गरिएको नम्बर गोलामा परेकालाई सोमबार जिल्ला प्रहरी कार्यालय परिसरबाट ग्याँस वितरण गरिने संघका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो । गृहलक्ष्मी कम्पनीको ७.१ किलोग्राम तौल भएको आधा सिलीण्डर ग्याँसलाई ८२५ रुपियाँका दरले वितरण गरिने भएको छ ।

DSC05909गोलाप्रथामा उपभोक्ता परिचयपत्र बनाएका तिन हजार २९३ जना मध्य यसअघि गोला परेका ३८१ वटा बाहेकका नम्बरलाई मात्रै छनौट गरिएको थियो । अबको चरणमा भित्रीएको ग्यास वितरणका क्रममा पहिलो र दोस्रो चरणमा परेकालाई सहभागि नगराउने महासचिव शाक्यले बताउनुभयो ।

मधेश आन्दोलन र सिमा क्षेत्रमा भएको नाकाबन्दीका कारण म्याग्दीमा खाना पकाउने ग्यासको अभाव हुँदा जनजिवन कष्टकर बनेको छ । असोजदेखि यता बेनीमा सोमबार सहित दुई पटक गरि ८४१ वटा आधा सिलीण्डर ग्यास भित्रिदैछ ।