बेनीमा अख्तियारको सामुदायीक शिक्षा कार्यक्रम

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ८ गते ।
म्याग्दीको बेनीमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायीक शिक्षा कार्यक्रम गरेको छ ।

आयोगको क्षेत्रीय कार्यालय पोखराको आयोजनामा बेनी स्थित प्रकाश उच्च माविमा भ्रष्ट्राचार नियन्त्रणमा नागरीकको भुमिका विषयक अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।

आयोगको काम कारबाहीको बारेमा समुदाय स्तरमा जानकारी गराउने तथा भ्रष्ट्राचार नियन्त्रणका लागि समुदायमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको आयोगले जनाएको छ ।

DSC06217कार्यक्रममा आयोगका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले आयोगको गतिबिधि र भ्रष्ट्राचार नियन्त्रणमा नागरीकको भुमिका सम्बन्धि प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा बेनी स्थित विभिन्न विद्यालयका शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रकाश उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर चर्माकारको अध्यक्षता र जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।