बाल कल्व गठन गर्न र बालबालीकाको सहभागिता गराउन निर्देशन

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ८ गते ।
म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले जिल्लाका सबै माविमा बाल कल्वको गठन गर्न र योजना तर्जुमाका क्रममा बालबालीकाको प्रतिनिधित्व गराउन निर्देशन दिनुभएको छ ।

जिविस अन्तरगतको मानव संसाधन केन्द्रले आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धि गाविस सचिव र सामाजिक परिचालकहरुका लागि अभिमुखीकरण कार्यक्रमको बुधबार समापनका क्रममा स्थानीय विकास अधिकारी पौडेलले यस्तो निर्देशन दिनुभएको हो ।
सबै गाविस र माविहरुमा बालकल्व गठन नहुँदा बालबालीकाको क्षेत्रमा बिनियोजन हुने बजेट परिचालन तथा कार्यान्वयनमा समस्या देखिएकाले माविहरुमा अनिवार्य बालकल्व गठन गर्न उहाँले निर्देशन दिनुभएको हो ।

यसैगरी पौडेलले योजना तर्जुमाका क्रममा बाल कल्वका प्रतिनिधिहरुको अनिवार्य सहभागिता गराई उनिहरुको आवाजलाई समेट्न तथा प्रत्येक गाविसमा बाल भेला गर्न पनि दिर्नेशन दिनुभयो ।

DSC07697स्थानीय विकास अधिकारी पौडेलले चालु आर्थिक वर्षभित्र बालमैत्री गाविस घोषणा गर्ने सम्बन्धित गाविसका सचिवलाई जनहि २० हजार र सामाजिक परिचालकलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा पनि गर्नुभयो ।

तिन दिनसम्म सञ्चालन भएको तालीमको स्थानीय विकास अधिकारी पौडेल, योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल, सूचना अधिकृत पदम भण्डारी, कार्यक्रम अधिकृत हरिकृष्ण आचार्य र जिल्ला बालकल्याण अधिकृत मिठू आचार्यले सहिजकरण गर्नुभएको थियो ।

गाविस तहमा बालमैत्री स्थानीय शासनको अवधारणको बारेमा बुझाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले आयोजित कार्यक्रमको समापनका क्रममा पाखापानी गाविसका परिचालक बिना पुनले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा म्याग्दीका ३५ गाविसका सचिव र सामाजिक परिचालकहरुको सहभागिता रहेको थियो ।