मल्लाजमा सञ्चालित महायज्ञमा एक करोड ४५ लाख रुपैयाँ संकलन

सन्तोष गौतम/विकल्प
म्याग्दी ५ पुष । उत्तरी पर्वतको मल्लाज माझफाँटमा आयोजित श्रीमद् भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञ २०७२ आईतबार सम्पन्न भएको छ ।

पुष २५ गतेदेखि सुरु भएको महायज्ञमा एक करोड ४५ लाख रुपैया संकलन भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । अन्तिम दिन आईतबार मात्रै करिब २३ लाख रुपैया संकलन भएको छ । आठौ दिन शनिबारसम्म एक करोड २३ लाख ९४ हजार रुपैया संकलन भएको थियो ।

Mallaj 4

सबै भन्दा बढी शनिबार ४० लाख रुपैया संकलन भएको थियो । महायज्ञमा शिवकुमार श्रेष्ठले २० लाख ४५ हजार १६५ रुपैया दान गर्नुभएको आयोजक समितिका बरिष्ठ उपाध्यक्ष गुमानसिङ कार्कीले बताउनुभयो । यसैगरी माझफाँट ८ का भिमबहादुर जिसीले सात लाख ७७ हजार ७७७ र चन्द्र बहादुर जिसीले तिन लाख ३३ हजार ३३३ रुपैया दान गर्नुभएको छ ।

माझफाँट ७ स्थित ऐतिहाँसीक कोत भगवती मन्दिरको जिर्णोद्धार, पुर्वाधार निर्माण, पुजा ब्यवस्थापन र मल्लाज क्षेत्रका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले मंसिर २५ गतेदेखि सुरु भएको महायज्ञमा पण्डीत कमलनयन गौतमले कथावाचन गर्नुभएको थियो ।
महायज्ञ मुल आयोजक समितिका अध्यक्ष टेकबहादुर जिसीको अध्यक्षता, पर्वतका उद्योगी रामकृष्ण मल्लको प्रमुख आतिथ्यता र सहसचिव डम्मरबहादुर जिसीको सञ्चालनमा महायज्ञको समापन गरिएको मल्लाजबाट नविन जिसीले जानकारी दिनुभयो ।