श्रेष्ठलाई ईन्टिगेटी आईडोल बनाउन अभियान तिव्र

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ९ गते । बेनी सामुदायीक उच्च माविका प्राचार्य दिपक श्रेष्ठलाई ईन्टिगेटी आईडोल बनाउन म्याग्दीमा अभियान तिब्र पारिएको छ ।

सार्वजनीक निकायमा उत्तरदायीत्वको प्रर्वद्धन र सिमित श्रोत साधनका बिच पनि उत्कृष्ट काम गर्ने सरकारी शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले एकाउन्टी बिलीटी ल्याबले प्रदान गर्न लागेको आईडोलको अन्तिम पाँच जनामा श्रेष्ठ छनौट हुनु भएको छ ।

IMG_4651

श्रेष्ठलाई मोवाईलबाट एसएमएस र अनलाईन मार्फत भोटिङ गरि बिजयी बनाउन ओमकुमारी शान्ति कोष, बेनी सामुदायीक उच्च माविका व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, विभिन्न विद्यार्थी र जिल्लाका शिक्षक संगठनहरुले अभियानलाई तिब्रता दिएका हुन् । सदरमुकाम बेनीमा माईकीङ, घरदैलो अभियान सञ्चालन गरिने भएको छ ।

सदरमुकाम आसपासका ग्रामिण क्षेत्रका विद्यालयमा पुगेर श्रेष्ठलाई भोटिङ गर्न अभियान सञ्चालन भैरहेको ओमकुमारी शान्ति कोषद्धारा गठित प्रचार अभियानका संयोजक हरिकृष्ण गौतमले बताउनुभयो । अभियानलाई मोवाईल र ईन्टरनेटको पहुँच भएका सबै बस्तीमा विस्तार गरिने भएको छ ।

IMG_4617श्रेष्ठलाई म्याग्दी र धौलागिरी अञ्चलकै प्रतिष्ठाको रुपमा लिएर म्याग्दी जिल्लाका साथै बिदेशमा रहेका म्याग्देलीहरुले पनि उत्साहपुर्वक भोटिङ गरिरहेका गौतमले बताउनुभयो । पौष १४ गतेसम्म एसएमएस र अनलाईन भोटीङ खुला गरिएको छ । भोटीङको तेस्रो दिन बुधबारसम्म श्रेष्ठलेनै अग्रता लिनुभएको छ ।

उहाँसंग गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल निकटतम प्रतिस्पर्धीको रुपमा देखिनुभएको छ । सबैभन्दा धेरै भोट पाउने उमेद्वारलाई देशका प्रतिष्ठीत व्यक्तिहरुको उपस्थितीमा ईन्टिगेटी आईडोलको रुपमा सम्मान गरिने एकान्टी बिलीटी ल्याबका सुरेश चन्दले बताउनुभयो ।

‘यो सम्मानमा कुनै नगद पुरस्कार हुदैन हामीले स्वतन्त्र रुपमा आव्हान गरीएका उमेद्वारहरुलाई विभिन्न चरणमा छनौट गरि अन्तिम पाँचमा पुग्नुभएका मध्य एक जनालाई आईडोल र अरुलाई सम्मान प्रदान गर्नेछौ’ चन्दले भन्नुभयो ‘सिमित स्रोत साधनका बाबजुद पनि सरकारी सेवामा उत्कृष्ट काम गर्ने राष्ट्रसेवकलाई प्रोत्साहन तथा उत्तरदायीत्व र जवाफदेहीताको प्रर्वद्धन गर्ने लक्ष्य रहेको छ ।’

४३ वर्षिय श्रेष्ठले हालै पिपी फाउण्डेशनबाट उत्कृष्ट शिक्षकको रुपमा एक लाख रुपैयाको पुरस्कार प्राप्त गर्नुभएको थियो भने बेनी सामुदायीक उच्च मावि २०७० को एसएलसी नतिजाको आधारमा देशमै उत्कृष्ट बनेको छ ।

प्राचार्य श्रेष्ठको कुशल नेतृत्व, समन्वयकारी भुमिका, विद्यार्थी केन्द्रित शिक्षण बिधी, अभिभावकसंग सहकार्य, प्रबिधिको प्रयोग, विद्यार्थी मैत्री वातावरण, शिक्षकहरुको सृजनशिलता र व्यवस्थापन समितिको सक्रियताका कारण बेनी सामुदायीक उच्च मावि नेपालमै उत्कृष्ट बनेको छ ।