समाचार
कांग्रेसमा कोइरालाको क्याम्प छाड्नेको लर्को
१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनको तिथि नजिकिएसँगै सभापति सुशील कोइरालाले नेतृत्व गरेको संस्थापन समूहभित्रको असन्तुष्टि छताछुल्ल हुन थालेको छ । कोइराला क्याम्पभित्रको असन्तुष्टिकै कारण वरिष्ठ नेता शेरबहादुर देउवातिर नेता/कार्यकर्ता निकै आकर्षित हुन थालेका छन् । महाधिवेशनको संघारमा १२आैं महाधिवेशनपछि सभापति कोइरालाले मनोनीत गरेका केही केन्द्रीय सदस्य संस्थापन समूह त्यागेर नेता देउवाको क्याम्पमा […]
सांसद नरदेवी पुनले लिइन पशु विकास राज्य मन्त्रिको सपथ
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस १७ गते । एक हप्ताअघि राज्यमन्त्रीमा नियुक्त हुनुभएकी म्याग्दीका सांसद नरदेवी पुनले शुक्रबार पशुविकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । पुस ९ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार राज्यमन्त्रीमा नियुक्त पुन सहित ६ जना राज्यमन्त्रीको शुक्रबार कार्यबिभाजन भएको हो । उहाँहरुलाई शुक्रबारनै प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ गराउनु भएको छ । पुनले कृषि […]
भुकम्प पीडितको सहयोगका लागि बेनीमा कपडा संकलन
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस १७ गते । जाडोमा कष्टकर जिवनयापन गरिरहेका भुकम्प पीडितहरुका लागि बेनीमा कपडा संकलन गरिएको छ । लायन्स कल्व अफ बेनी म्याग्दी, बेनी दोभान, बेनी चौतारी, बेनी मल्लाज र लियो कल्व अफ बेनी म्याग्दीले बेनी बजारमा शुक्रबार घरदैलो गरेर कपडा संकलन गरेका हुन् । लायन्सका पदाधीकारीहरुको टोलीले पसल तथा घरबाट लगाउने, ओढ्ने, ओछ्याउने […]
सूचनाको हक कार्यान्वयन गर्न कर्मचारीको व्यवहारमा सुधार हुनुपर्ने
सन्तोष गौतम/विकल्प म्याग्दी पुस १६ गते । म्याग्दीको बेनीमा बिहीबार सूचनाको हक सम्बन्धि कानुन कार्यान्वयनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा सूचनाको हक सम्बन्धि कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, चुनौती र अवसरका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागिहरुले सूचनाको हक सम्बन्धि ऐन प्रभावकारी कार्यान्वयन भएमा भ्रष्ट्राचार न्युनीकरण, शुषासन […]
म्याग्दीमा पहिलो पटक धौलागिरि लोकतारा प्रतियोगिता हुने
विकल्प/म्याग्दी म्याग्दी,पुस १५ गते । म्याग्दीमा धौलागिरी अञ्चल स्तरीय लोकतारा प्रतियोगिता आयोजना हुने भएको छ । म्याग्दी रमाईलो साँझ बेनीको आयोजना र अमर संसार म्युजिक प्रा.लि.को सहआयोजनामा आगामी माघ महिनामा धौलागिरी लोकतारा प्रतियोगिता–२०७२ आयोजना गरिने भएको हो । प्रतियोगिता बारे जानकारी दिन बेनीमा आयोजीत पत्रकार सम्मेलनमा प्रतियोगिताका मुल संयोजक धु्रव जिसीले लोक संस्कृतिको संरक्षण गर्दै […]
एकसय १८ जना मोतिया बिन्दुका बिरामीको निशूल्क शल्यक्रिया
म्याग्दी,पुस १५ गते । म्याग्दीको बेनीमा मंगलबार आँखाको निशूल्क शल्यक्रिया शिवीर सम्पन्न भएको छ । बेनीमा रहेका लायन्स कल्वहरुको आयोजनामा सम्पन्न शिवीरमा ११८ जना मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको छ । आँखा देख्न नसक्ने अवस्थाका बिरामीहरुले आँखा देख्न सक्ने भएकोमा दंग परेका छन् । पुषको ४ गते देखि विभिन्न चरण र ठाउँमा मंगलबारसम्म सञ्चालन भएको शिवीरबाट […]
जिल्ला शिक्षा कार्यालयको टोलीद्धारा हिस्तानका विद्यालयहरुको अनुगमन
विकल्प /म्याग्दी पुस १५ गते । जिल्ला शिक्षा कार्यालय म्याग्दीको टोलीले मंगलबार उत्तरी क्षेत्रको हिस्तान र बेग गाविसमा सञ्चालित विद्यालयहरुको अनुगमन गरेको छ । जिशिअ रामप्रसाद अधिकारीको नेतृत्वमा विद्यालय निरिक्षक र स्रोत व्यक्तिहरुको टोलीले हिस्तानका ५ र बेगको १ वटा विद्यालयको स्थलगत अनुगमनका साथै सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो । बेगको तिप्ल्याङमा रहेको कालीका निमावी, […]
म्याग्दी सामुदायीक विकास परियोजनाको सामाजिक लेखा परिक्षण
विकल्प/म्याग्दी पुस १५ गते । असल छिमेकी नेपालद्धारा सञ्चालित म्याग्दी सामुदायीक विकास परियोजनाको बुधबार बेनीमा जिल्ला स्तरीय सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । म्याग्दीको गुर्जा, लुलाङ, मुदी, मुना र मराङ गाविसमा सञ्चालन भएको परियोजनाले सन २०१५ मा सञ्चालन गरेको गतिबिधि र खर्च विवरण कार्यक्रममा जानकारी गराइएको थियो । परियोजनाले १९ वटा सामुदायीक विद्यालयका एक […]
बेनी सामुदायीकको लोभलाग्दो प्रगती (फोटो सहित)
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस १५ गते । म्याग्दीको सदरमुकाममा रहेको बेनी सामुदायीक उच्च माविले छोटो समयमा लोभलाग्दो प्रगति गरेको छ । सिमित स्रोत, साधन र पुर्वाधारको बावजुद पनि शिक्षकको ईच्छाशक्ति, अभिभावकको साथ र व्यवस्थित योजना हुने हो भने सामुदायीक विद्यालयको शैक्षिक स्तर उकास्न कठिन छैन भन्ने उदाहरण बेनी सामुदायीक उच्च मावि बनेको छ । शैक्षिक […]
मालपोतमा कर्मचारी अभाव हुँदा सेवाप्रवाहमा समस्या
ठाकुरप्रसाद आचार्य/विकल्प म्याग्दी,पुस १५ गते । दैनिक जसो सेवाग्राहीको चाप हुने जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । पछिल्लो एकवर्ष यता मालपोत कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नभएपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको हो । सिमित जनशक्तिका भरमा सेवाग्राहीको चापलाई थेग्नुपर्ने बाध्यता मालपोतलाई छ । कार्यालयका कर्मचारीहरु केही काजमा र सरुवा भई […]
टिकोट गाउँमा छ निःशुल्क वाइफाई
ठाकुरप्रसाद आचार्य/विकल्प म्याग्दी,पुस १५ गते । अन्नपूर्ण हिमालको काखमा अवस्थित हिस्तानको टिकोट गाउँमा निशुल्क ताररहित (वाइफाई) इन्टरनेट सेवा सञ्चालन गरिएको छ । जिल्लामा टिकोटलाई होमस्टे गाउँका रुपमा चिनिन्छ । टिकोटमा आउने आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई निशुल्क रुपमा इन्टरनेटको सुविधा दिनका लागि ् स्थानीय समाजसेवी चन्द्रवहादुर पुनको आर्थिक र समाजसेवी महाविर पुनको प्राविधिक सहयोगमा गाउँमा निशुल्क […]
बेनीमा उपप्रधानमन्त्री कसीले भने,गलत कामका लागि संबिधान संसोधन हुँदैन
सन्तोष गौतम /विकल्प म्याग्दी,पुस १३ गते । उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले संबिधानलाई गलत कामको लागि संसोधन गर्न नहुने बताउनुभएको छ । उहाँले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरेमा देशका लागि ठूलो भुल हुने बताउनुभयो । ‘जनताको संबिधान, जनताकै माझमा’ भन्ने राष्ट्रव्यापी प्रचार अभियान अन्तरगत म्याग्दीको बेनीमा सोमबार जिल्ला विकास समितिले […]
संविधानबारे फैलाइएको गलत सन्देशको पछि नलागौँ ः उपप्रम केसी
फलेवास (पर्वत), पुस १३ गते । उप प्रधानमन्त्री चित्रबहादुर केसीले संविधानको उल्टो व्याख्या गरेर नेपाली जनतालाई केही दलहरुले गलत सन्देश दिइरहेको बताउँदै त्यस्तो गलत सन्देशको पछाडि नलाग्न आग्रह गर्नु भएको छ । आइतबार साँझ बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गरिबी निवारण तथा सहकारी मन्त्रीसमेत […]
आँखा शिवीरबाट एक हजार ५ सय भन्दा बढी लाभान्वित
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस १२ गते । म्याग्दीको विभिन्न ठाउँ र उत्तरी पर्वतको मल्लाजमा आयोजित निशूल्क आँखा उपचार शिवीर मार्फत एक हजार पाँच सय जना भन्दा बढी लाभान्वित भएका छन् । बेनीमा रहेका लायन्स कल्वहरुले रेडक्रसका स्थानीय उपशाखासंगको सहकार्यमा आयोजना गरेको शिवीरबाट एक हजार पाँच सय ५५ जनाको आँखा परिक्षण गरी ८७ जना मोतिया बिन्दुका बिरामीको […]
पीडामा मलम लगाउँदै बैसरीवासी
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस १२ गते । म्याग्दीको बैसरीका पहिरो पीडितहरु सात महिनापछि पुरानै ठाउँमा फर्कन थालेका छन् । पिप्ले गाविस ४ राहुपारेको अस्थाई टहरामा बस्दै आएका पीडितहरुले पहिरोले पुरीएर खण्डहर बनेको पुरानै ठाउँमा नयाँ टहरा बनाएर ब्यापार ब्यवसाय सुरु गरेका हुन् । गत जेठ १० गते राती राम्चे ९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले भगवती २ […]