सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस १७ गते ।
एक हप्ताअघि राज्यमन्त्रीमा नियुक्त हुनुभएकी म्याग्दीका सांसद नरदेवी पुनले शुक्रबार पशुविकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।
पुस ९ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार राज्यमन्त्रीमा नियुक्त पुन सहित ६ जना राज्यमन्त्रीको शुक्रबार कार्यबिभाजन भएको हो । उहाँहरुलाई शुक्रबारनै प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ गराउनु भएको छ ।
पुनले कृषि विकास मन्त्रालय फुटाएर बनाइएको पशु विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको हो । एमालेका नेता शान्ता मानवी पशु विकास मन्त्री हुनुहन्छ । पुन नेकपा एमालेको समानुपातीक सांसद हुनुहुन्छ ।
४७ वर्षिय पुन २०४२ सालदेखि म्याग्दीको राजनितिमा सक्रिय हुनुहन्छ । कुहुँ गाविस ७ भरजुलाकी पुनले शिक्षकको स्थाई पद छाडेर राजनिति गर्नुभएको थियो । उहाँ नेकपा एमालेको जिल्ला कमिटि उपसचिव, राष्ट्रिय परिषद् सदस्य हुदै सांसद बन्नुभएको हो ।
राजनिति शास्त्रमा स्नाकोत्तर उतिर्ण पुन राज्यमन्त्रीमा नियुक्त भएपछि गृहजिल्लामा खुसीयाली छाएको छ । म्याग्देली महिलाहरुको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने पुन पहिलो व्यक्ति हुनुहुन्छ । उहाँभन्दा अगाडी म्याग्दी जिल्लाका नारायणसिंङ पुन मन्त्री, जगत गौचन र भिमप्रसाद गौचन र दिपबहादुर खड्का सहायक मन्त्री बनिसक्नु भएको छ ।