आँखा शिवीरबाट एक हजार ५ सय भन्दा बढी लाभान्वित

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस १२ गते ।
म्याग्दीको विभिन्न ठाउँ र उत्तरी पर्वतको मल्लाजमा आयोजित निशूल्क आँखा उपचार शिवीर मार्फत एक हजार पाँच सय जना भन्दा बढी लाभान्वित भएका छन् ।
बेनीमा रहेका लायन्स कल्वहरुले रेडक्रसका स्थानीय उपशाखासंगको सहकार्यमा आयोजना गरेको शिवीरबाट एक हजार पाँच सय ५५ जनाको आँखा परिक्षण गरी ८७ जना मोतिया बिन्दुका बिरामीको पहिचान गरिएको छ ।

मोतियाबिन्दुका बिरामीहरुलाई जिल्ला अस्पताल बेनीमा सोमबार निशूल्क शल्यक्रियाको व्यवस्था मिलाइएको लायन्स कल्व अफ बेनी म्याग्दीका अध्यक्ष कुबिर श्रेष्ठले जानकारी दिए । पर्वतको मल्लाजमा ३५३ जनाको आँखा परिक्षण भएकोमा १८ जना मोतियाबिन्दुका बिरामी भेटिएका थिए ।

10636016_1000905543286710_4831703355085106373_n

यस्तै म्याग्दीको पाखापानीमा १२० जनाको आँखा परिक्षण भएकोमा पाँच जना र भगवतीमा २८० जनाको परिक्षण भएकोमा १७ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन् । घारको पोखरेबगरमा १६५ जनाको परिक्षण भएकोमा पाँच जना र बाबियाचौरमा ३९१ ज्नाको परिक्षण गरिएकोमा १९ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् ।
बेनीमा भएको शिविरमा २६६ जनाको आँखा परिक्षण भएकोमा २३ जनामा मोतियाबिन्दु भएको पाइएको छ । सोमबार शल्यक्रियाका साथै आँखा परिक्षणको पनि सुबिधा दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिए । आर्थिक रुपमा विपन्न र भौगोलिक रुपमा बिकट क्षेत्रका आँखाका बिरामीहरुलाई जिल्लामै सर्वसुलभ रुपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर सञ्चालन गरिएको हो ।1915695_1000905733286691_1541399389133672084_n

शिवीरमा निशूल्क आँखा परिक्षण, परामर्शको साथै औषधि र चश्मा वितरणको व्यवस्था गरिएको छ । आँखा उपचार केन्द्र बेनीका प्रमुख दिनेश बानियाँको नेतृत्वमा रहेका स्वास्थ्यकर्मीहरुले सेवा दिएका छन् । आँखा उपचार शिवीर सञ्चालन गर्न बेनी नगरपालीका १ घर भई हाल मलेसीयामा ब्यवसाय गर्दै आउनुभएका समाजसेवी दिपक बोगटीले आर्थिक सहयोग गर्नुभएको छ ।