एकसय १८ जना मोतिया बिन्दुका बिरामीको निशूल्क शल्यक्रिया

म्याग्दी,पुस १५ गते ।
म्याग्दीको बेनीमा मंगलबार आँखाको निशूल्क शल्यक्रिया शिवीर सम्पन्न भएको छ ।
बेनीमा रहेका लायन्स कल्वहरुको आयोजनामा सम्पन्न शिवीरमा ११८ जना मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको छ । आँखा देख्न नसक्ने अवस्थाका बिरामीहरुले आँखा देख्न सक्ने भएकोमा दंग परेका छन् ।

1937008_419854118209509_9011724731527626657_n

पुषको ४ गते देखि विभिन्न चरण र ठाउँमा मंगलबारसम्म सञ्चालन भएको शिवीरबाट एक हजार ८६३ जना लाभान्वित भएका लायन्स कल्व अफ बेनी म्याग्दीका अध्यक्ष कुबिर श्रेष्ठले जानकारी दिनुभयो ।

सदरमुकाम बेनी र ग्रामिण क्षेत्रमा आयोजना गरिएको आँखा उपचार शिवीरमा पहिचान भएका ११८ जना मोतियाबिन्दुका बिरामीहरुको सोमबार र मंगलबार बेनीमा शल्यक्रिया गरिएको हो । शिवीरमा आँखा परिक्षण, परामर्शको साथै निशूल्क औषधि र चस्मा वितरण गरिएको थियो ।

हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला अस्पताल बेनी, आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा सञ्चालित शल्यक्रिया शिवीरमा आँखा अस्पतालका चिकित्सक एलीया श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मी टोलीले सेवा दिएका थिए ।

IMG_4867बेनीका साथै उत्तरी पर्वतको मल्लाज, म्याग्दीको पाखापानी, भगवती, पोखरेबगर र बाबियाचौरमा आँखा उपचार शिवीर आयोजना गरिएको थियो । आँखाका बिरामीहरुलाई स्थानीय स्तरमै सर्वसुलभ रुपमा उपचार सुबिधा उपलब्ध गराउने उद्देश्यले शिवीरको आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

शिवीर सञ्चालनका लागि बेनी नगरपालीका १ रत्नेचौर घर भई हाल मलेसीयामा ब्यवसाय गर्दै आउनुभएका दिपक बोगटीले आर्थिक सहयोग गर्नुभएको थियो । सन्तोष गौतम