टिकोट गाउँमा छ निःशुल्क वाइफाई

ठाकुरप्रसाद आचार्य/विकल्प
म्याग्दी,पुस १५ गते ।
अन्नपूर्ण हिमालको काखमा अवस्थित हिस्तानको टिकोट गाउँमा निशुल्क ताररहित (वाइफाई) इन्टरनेट सेवा सञ्चालन गरिएको छ । जिल्लामा टिकोटलाई होमस्टे गाउँका रुपमा चिनिन्छ ।

tikot gau टिकोटमा आउने आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई निशुल्क रुपमा इन्टरनेटको सुविधा दिनका लागि ् स्थानीय समाजसेवी चन्द्रवहादुर पुनको आर्थिक र समाजसेवी महाविर पुनको प्राविधिक सहयोगमा गाउँमा निशुल्क वाइफाई सञ्चालनमा ल्याइएको हो ।

पर्यटकीय क्षेत्रमा यसको निकै नै ठूलो महत्व छ, आधुनिक सञ्चार प्रविधिको युगमा हामीले पर्यटकलाई यो सेवा दिन सके थप पर्यटन प्रवद्र्धन हुन्छ, स्थानीय टिकोट माविका प्रअ प्रदिप पुनले भन्नुभयो, ‘कतिपय पर्यटकले वाइफाई सेवा नपाएर समस्या भोग्न बाध्य भएका छन, यसले उनीहरु लाभान्वित हुनेछन् । इन्टरनेटको अभावमा यहाँ आउने पर्यटकहरु सूचनाबाट बञ्जित हुने भएकाले टिकोटका स्थानीयवासी,आमा समुह र युवाक्लबहरुको सक्रियतामा निशुल्क वाइफाई सञ्चालन गरिएको स्थानीय युवा मिलन गर्बुजाले बताउनुभयो ।

tikot waifai photo
निशुल्क इन्टरनेट सञ्चालनमा आएपछि  स्थानीयवासीहरुले देशविदेशका समाचारहरु सहज रुपमा पढ्न पाउनुका साथै आफन्तहरु सँग कुराकानी गर्न निकै सजिलो भएको स्थानीय हरिमायाँ गबुर्जाले बताइन ।
टिकोट गाउँमा आएका पाहुँनाहरुले धौलागिरि,अन्नपूर्ण र निलगिरि हिमालको दृश्यवलोकन गर्दै ल्यापटप र मोबाइलमा इन्टरनेट चलाउँदा दङग पर्ने गरेका छन् । दुर्गम गाउँमा समेत निशुल्क वाइफाई उपयोग गर्न पाउँदा आफु दङग परेको टिकोट गाउँमा आयोजना गरिएको एक कार्यक्रममा टिकोट पुग्नुभएका बेनीका युवा विक्रम बोगटीले बताउनुभयो ।