सूचनाको हक कार्यान्वयन गर्न कर्मचारीको व्यवहारमा सुधार हुनुपर्ने

सन्तोष गौतम/विकल्प
म्याग्दी पुस १६ गते ।
म्याग्दीको बेनीमा बिहीबार सूचनाको हक सम्बन्धि कानुन कार्यान्वयनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा सूचनाको हक सम्बन्धि कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, चुनौती र अवसरका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागिहरुले सूचनाको हक सम्बन्धि ऐन प्रभावकारी कार्यान्वयन भएमा भ्रष्ट्राचार न्युनीकरण, शुषासन कायम र जवाफदेहीताको विकास हुने बिचार व्यक्त गरेका थिए ।
आयोगका आयुक्त यसोदादेवी तिमिल्सिनाले सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनका लागि कर्मचारीहरुले ब्यवहार र आचारण सूधार गर्न आवश्यक रहेको बताउनुभयो ।

SG_Myagdi Suchana aayog कर्मचारीहरुमा प्राबिधिक दक्षताको विकास र सूचना प्रवाहको अभिलेख राख्नुपर्ने तिमिल्सिनाले बताउनुभयो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक र स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनका लागि सर्वसाधारणमा जागरुकता तथा बाझीएका ऐनहरुको संसोधन गर्नुपर्ने बताउनुभयो ।

आयोगको उपसचिव धिरकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा अर्का उपसचिव बेदनिधि अधिकारीले सूचनाको हक सम्बन्धि ऐन र कार्यान्वयनको अवस्थाका बारेमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा महिला तथा बालबालीका कार्यालयका प्रमुख निर्मला शर्मा र नेपाल पत्रकार महासंघका अध्यक्ष सुरज केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।