म्याग्दी सामुदायीक विकास परियोजनाको सामाजिक लेखा परिक्षण

विकल्प/म्याग्दी
पुस १५ गते ।
असल छिमेकी नेपालद्धारा सञ्चालित म्याग्दी सामुदायीक विकास परियोजनाको बुधबार बेनीमा जिल्ला स्तरीय सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।

म्याग्दीको गुर्जा, लुलाङ, मुदी, मुना र मराङ गाविसमा सञ्चालन भएको परियोजनाले सन २०१५ मा सञ्चालन गरेको गतिबिधि र खर्च विवरण कार्यक्रममा जानकारी गराइएको थियो ।
परियोजनाले १९ वटा सामुदायीक विद्यालयका एक हजार १७६ जना गरिब, विपन्न, दलित समुदायका बालबालीकालाई लक्षित गरेर शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, आयआर्जन, वातावरण र वकालतको क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

DSC06585परियोजनाका सहायक संयोजक टुपेन्द्र खुलाल बस्नेतले गत वर्ष सञ्चालित कार्यक्रम तथा गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले परियोजना सञ्चालनका क्रममा गत वर्ष बिभिन्न शिर्षकमा एक करोड ७८ लाख १४५ रुपैया खर्च भएको जानकारी दिनुभयो ।
कार्यक्रममा म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले गैरसरकारी संस्था र सरकारी निकायबीच समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने बताउनुभयो । उहाँले बालबालिकाको शिक्षामा पहुँच बढाउने, निरक्षरता हटाउने, पूर्ण सरसफाई कायम गर्ने लगायतका सामाजिक क्षेत्रसंग सम्बन्धित गतिबिधिहरुलाई सहयोग पुग्ने कार्यक्रम गर्न निर्देशन दिनुभयो ।

परियोजनाका रामकृष्ण लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा लेखा तथा प्रशासन अधिकृत उषाकुमारी मल्लले खर्च विववरण सार्वजनीक गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, राजनितिक दलका प्रतिनिधि, परियोजनाका लक्षित समुदायका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । सन्तोष गौतम