जिल्ला शिक्षा कार्यालयको टोलीद्धारा हिस्तानका विद्यालयहरुको अनुगमन

विकल्प /म्याग्दी
पुस १५ गते ।
जिल्ला शिक्षा कार्यालय म्याग्दीको टोलीले मंगलबार उत्तरी क्षेत्रको हिस्तान र बेग गाविसमा सञ्चालित विद्यालयहरुको अनुगमन गरेको छ ।

जिशिअ रामप्रसाद अधिकारीको नेतृत्वमा विद्यालय निरिक्षक र स्रोत व्यक्तिहरुको टोलीले हिस्तानका ५ र बेगको १ वटा विद्यालयको स्थलगत अनुगमनका साथै सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो ।

10314473_928713303882659_6220150913954547305_n

 

बेगको तिप्ल्याङमा रहेको कालीका निमावी, हिस्तान दोसल्लेको शिवालय प्राबि, घराम्दी निमावी, टिकोट मावी, मण्डली प्रावी औला र आदर्श मावीको भौतिक, शैक्षिक, प्रशासनीक पक्षको बिषयमा केन्द्रित रहेर अनुगमन गरिएको आदर्श मावि रिमाका स्रोत व्यक्ति भरत पुनले बताउनुभयो ।

1936423_1098123330211902_2877669893184629587_n अनुगमनका क्रममा विद्यालयको व्यवस्थापकीय, भौतिक पक्ष राम्रो रहेको, शिक्षक सृजनशिल भएको र कक्षा कोठामा शैक्षिक सामाग्रीको प्रयोग भएको सकारात्मक पक्ष पाईएको जिशिअ अधिकारीले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रका विद्यालयमा जनसंख्या कम र भौगोलिक बिकटताका कारण उपल्लो तहमा विद्यार्थी संख्या कम रहेको पाइएको छ ।
विद्यालय प्रशासन र शिक्षकहरुलाई सिकाई उपलब्धि वृद्धी गर्नका लागि प्रभावकारी शिक्षणबिधि अपनाउन निर्देशन दिइएको जिशिअ अधिकारीले बताउनुभयो । यसैबीच जिल्ला शिक्षा कार्यालयको मासीक बैठक सोमबार आदर्श मावि रिमामा बस्ने भएको छ ।

मंगलबार राम्चे गाविसका सामुदायीक विद्यालयहरुको अनुगमन गरेर शिक्षा कार्यालयको टोली बेनी फर्कने जनाइएको छ । ग्रामिण क्षेत्रका शैक्षिक समस्या पहिचान गरि समाधान गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालयको मासिक बैठक गत मंसिर महिनादेखि स्रोत केन्द्रमा बस्न थालेको छ । सन्तोष गौतम