सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस १७ गते ।
जाडोमा कष्टकर जिवनयापन गरिरहेका भुकम्प पीडितहरुका लागि बेनीमा कपडा संकलन गरिएको छ ।
लायन्स कल्व अफ बेनी म्याग्दी, बेनी दोभान, बेनी चौतारी, बेनी मल्लाज र लियो कल्व अफ बेनी म्याग्दीले बेनी बजारमा शुक्रबार घरदैलो गरेर कपडा संकलन गरेका हुन् । लायन्सका पदाधीकारीहरुको टोलीले पसल तथा घरबाट लगाउने, ओढ्ने, ओछ्याउने कपडा संकलन गरेका थिए ।
पाँच लाख रुपैयाँ मूल्य बराबरको एक हजार जना भन्दा बढीलाई पुग्ने लत्ताकपडा संकलन भएको लायन्स कल्व अन्तराष्ट्रिय डिस्ट्रीक्ट ३२५ बिवान नेपालका एम्बाष्टर अफ गर्भनर सन्तोष रावलले बताउनुभयो ।
संकलीत कपडा गोरखा र सिन्धुपाल्चोकका भुकम्प पीडितहरुलाई पठाइने लायन सन्तोष रावलले बताउनुभयो । लायन्स कल्व अन्तराष्ट्रिय डिस्ट्रीक्ट ३२५ बिवान मार्फत कपडा पीडितहरुलाई उपलब्ध गराइने जनाइएको छ ।