समाचार
म्याग्दीका पश्चिम भेगका भेडापालक कृषक संगठीत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ जेठ । बर्षौदेखि परम्परागत रुपमा जंगलमा फिरन्ते शैलीमा भेडापालन गर्दै आएका म्याग्दीको पश्चिमी क्षेत्रका कृषकहरु संगठीत भएका छन् । जिल्ला पशु सेवा कार्यालयले आईतबार ताकममा गरेको भेडापालक कृषकहरुको भेलाबाट गुर्जाका रेशम छन्त्यालको अध्यक्षतामा १० सदस्यीय म्याग्दी धौलागिरी भेडापालन समिति गठन भएको हो । भेडापालक कृषकको समस्या पहिचान र समाधानका लागि […]
यसरी गरियो बेनपा १३सिङगा तातोपानीमा कृषि उपज संकलन केन्द्रको स्थापना

विकल्प न्यूज/बेनी जेठ १७ गते । बेनी नगरपालिका १३ सिङगा तातोपानीमा कृषि उपज संकलन तथा विक्रि वितरण केन्द्र स्थापाना गरिएको छ । कृषि विकास कार्यालय म्याग्दीको सहयोग ७ लाख रुपियाँ सहयोग,तातोपानी कृषि सहकारी संस्थामा आवद्ध किसानहरु र स्थानीयहरुको एकलाख २५ हजार वरावरको जनश्रमदानमा निर्मित भवन नवौ गणतन्त्र दिवसका अवसरमा आइतवार म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशव […]
म्याग्दीका गाउँमा भएका सूचना केन्द्रका सामान अलपत्र

सन्तोष गौतम/विकल्प न्यूज जेठ १६ गते । म्याग्दीका ग्रामिण क्षेत्रमा स्थापना भएका सूचना केन्द्रमा रहेका सूचना प्रबिधिका सामानहरु प्रयोग नहुँदा अलपत्र परेका छन् । केन्द्रमा रहेका सूचना प्रबिधिका लाखौका सामान प्रयोग नहुँदा अलपत्र परेका हुन् । चिठीपत्रको काम आधुनीक सञ्चारका साधनले विस्थापित बनाएपछि जिल्ला हुलाक कार्यालयले सूचना केन्द्रमामा कम्प्युटर कक्षा, इमेल, ईन्टरनेट, फ्याक्स, फोटोकपी, टेलीफोन […]
म्याग्दीमा नवौं गणतन्त्र दिवस मनाइयो

विकल्प न्यूज/बेनी जेठ १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा नवौं गणतन्त्र दिवस २०७३ मनाइएको छ । गणतन्त्र दिवस जिल्ला मूल समारोह समितिको अयोजनामा बाजागाजा सहित शनिबार विहान राजनीतिक दल,कर्मचारी,विभिन्न संघसस्था,विद्यार्थी,सर्वसाधारण र पत्रकार सहित बेनीबजारमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको शनिबार नौ वर्ष पुगेको छ । सो अवसरमा […]
म्याग्दीमा कर्मचारीमा ट्रेड युनियन निर्वाचनको सरगर्मी बढ्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ जेठ । म्याग्दीको निजामती कर्मचारी वृत्तमा आगामी साता हुने आधिकारीक टे«ड युनियनको निर्वाचनको सरगर्मी बढेको छ । जेठ १९ गते हुने निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न कर्मचारी संघ संगठनहरुले प्रचारप्रसार, भेटघाट लाई तिब्रता दिएका छन् । म्याग्दीमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघ, एमाले निकट नेपाल निजामति कर्मचारी […]
पदयात्रा र शैक्षिक सामाग्री वितरण गरेर जेसीज सप्ताह सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ जेठ । सदरमुकाम बेनीमा रहेको म्याग्दी जेसीजले शुक्रबारदेखि बिबिध कार्यक्रम गरेर जेसीज सप्ताह २०१६ मनाउन सुरु गरेको छ । सप्ताहको पहिलो दिन सदरमुकाम बेनी देखि पर्वतको मल्लाजसम्म पदयात्राका साथै दुई वटा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । माझफाँटमा रहेको विद्याज्योती उच्च मावि र विन्धबासीनी प्राविका ३८ जना […]
गणतन्त्र दिवसको अवसरमा सरसफाइ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ जेठ । गणतन्त्र दिवसको अवसरमा शुक्रबार बेनी बजार स्थित दरवाङ बसपार्क क्षेत्र र म्याग्दी नदी किनारमा सरसफाइ गरिएको छ । गणतन्त्र दिवस मुल समारोह समिति र वास पत्रकार मञ्चको आयोजनामा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल,बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदी लगायत कार्यालय प्रमुख, राजनीतिक दल, […]
बेगखोला गाविसमा ७ करोडको खानेपानी आयोजना
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी(बेगखोला) जेठ १३ गते । बेगखोला गाविसका वासिन्दाहरुलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यले सुरु गरिएको बेगखोला खानेपानी तथा सरसफाई आयोजनाको काम द्रुत गतिमा अगाडी वढेको छ । बेगखोला गाउँका सवै वडामा खानेपानी विस्तार गर्ने उद्देश्यका साथ गत आर्थिक वर्ष देखि आयोजनाको काम सुरु गरिएको हो । बेगखोला गाउँका एक देखि ६ र बाँदुक […]
म्याग्दीमा एकल कविता वाचन कार्यक्रम हुने

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ १२ गते । म्याग्दीको सदरमुकाम बेनीमा आगामी असार ३ गतेका दिन एकल कवितावाचन कार्यक्रम हुने भएको छ । बुधबार सुवासना साहित्यिक सदन बेनी, म्याग्दीले पत्रकार सम्मेलनको आयोजना गरी कवि भूपिन व्याकुलको ‘एकल कवितावाचन’ कार्यक्रम गरिने जनाएको छ । कार्यक्रमबारे जानकारी दिँदै संयोजक भरत पौडेल ‘बागलुङ’ले कला, साहित्यको संरक्षण गरी सर्जकको […]
ट्रेड युनियन निर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया तथा प्रशिक्षण
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ जेठ । आगामी हप्ता हुन लागेको ट्रेड युनियन निर्वाचनलाई लक्षित गरेर नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती म्याग्दीले बुधबार बेनीमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संगठनका अध्यक्ष दिपकलाल पालको अध्यक्षता, सचिव सुवास रेग्मीको सञ्चालन र मेखबहादुर हमालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा ट्रेड युनियन निर्वाचनमा संगठनको एजेण्डा, चुनावी रणनीतीका […]
मुटुरोगी बालकको उपचारका लागि प्रवासबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ जेठ । बेनी नगरपालीका १ रत्नेचौरका ९ वर्षिय नविन थापा मगरलाई मुटुरोगको उपचारका लागि प्रवासीले बुधबार करिब एक लाख रुपैया नगद सहयोग गरेका छन् । थापाको मुटुमा परेको प्वालको शल्यक्रिया गर्नका लागी आर्थिक स्रोत जुटाउन ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा प्रवासी म्याग्देली नेपाली संघ (मोना) हङकङले ९५ हजार ३९५ […]
गलेश्वर वृद्धाश्रममा वस्ने गिरिको उपचारका लागि १० हजार सहयोग

विकल्प न्यूज/बेनी जेठ १२ गते । बेनी नगरपालिका ९ गलेश्वर स्थित वृद्धाश्रममा लामो समय देखि वस्दै आएउनुभएका प्रमानन्द गिरिको आँखाको उपचारका लागि ओमकुमारी शान्तिकोषले १० हजार रुपियाँ सहयोग गरेको छ । आँखाको अप्रेशन गर्न आर्थिक समस्या भएपछि गिरिले ओमकुमारी शान्तिकोष समक्ष सहयोगका लागि गुहार्नु भएको थियो । बुधवार ओमकुमारी शान्तिकोषका संस्थापक अध्यक्ष चन्द्रमार केसी र […]
म्याग्दीका सरोकारवाला धौलागिरी चक्रिय पदमार्गको वस्तुस्थिती अध्ययनमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ जेठ । म्याग्दीका सरोकारवालाहरुको टोलीले म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी चक्रीय पदमार्गको बस्तु अवस्थाको अध्ययन सुरु गरेको छ । धौलागिरी पर्यटन विकास परिषद् म्याग्दीको पहलमा धौलागिरी चक्रिय पदमार्गको अवस्था, समस्या, आवश्यकता र सम्भावनाको पहिचान गर्न एक टोली मंगलबार त्यसतर्फ गएको हो । टोलीमा जिल्लामा क्रियाशिल राजनितिक दल, विषयगत सरकारी कार्यालय, […]
बेनीमा खेल प्रशिक्षण सुरु
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ जेठ । आगामी हप्ता पोखरामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई प्रशिक्षण दिन थालीएको छ । गत माघमा बेनीमा सञ्चालन भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड मावि स्तरीय खेलकुद प्रतियोगिताबाट विभिन्न बिधामा छनौट भएका ४८ जना खेलाडीहरुलाई प्रशिक्षणमा सहभागि गराइएको हो । जेठ १० गते सुरु […]
म्याग्दीमा बहुसरोकारवाला वन कार्यक्रम प्रभावहिन

पैसाको खोलो बगाएर उपलब्धी सून्य सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ जेठ । म्याग्दीमा सञ्चालित बहुसरोकारवाला वन कार्यक्रमले वन संरक्षण र जिविकोपार्जन सुधारका लागि करिब पाँच करोड रुपैयाँ लगानी गरेको छ । फिनल्याड, स्वीस सरकार र बेलायतको अन्तराष्ट्रिय विकास नियोग (डि.एफ.आई.डी)को सहयोगमा लिवर्डद्धारा सञ्चालित कार्यक्रमले चार वर्षको अवधिमा म्याग्दीमा उक्त बजेट लगानी गरेको हो । […]