ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी(बेगखोला) जेठ १३ गते ।
बेगखोला गाविसका वासिन्दाहरुलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यले सुरु गरिएको बेगखोला खानेपानी तथा सरसफाई आयोजनाको काम द्रुत गतिमा अगाडी वढेको छ । बेगखोला गाउँका सवै वडामा खानेपानी विस्तार गर्ने उद्देश्यका साथ गत आर्थिक वर्ष देखि आयोजनाको काम सुरु गरिएको हो ।
बेगखोला गाउँका एक देखि ६ र बाँदुक गाउँका ७ देखि ९ वडा सम्मका गरि ४२५ घरधुरीमा नीजि धारा जडान गर्ने लक्ष्यका साथ आयोजना काम अगाडी बढेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीका प्रमुख शेखरचन्द्र केसीले बताउनुभयो ।
उहाँका अनुसार वेगखोला गाउँमा ३ करोड ६७ लाख र वाँदुक गाउँमा एक करोड २५ लाख रुपियाँ लागतमा आयोजनाको काम अगाडी वढेको छ । पुरै गाविसका वासिन्दाहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउन अन्य साना आयोजनाहरु पनि सञ्चालन हुने प्रमुख केसीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७४/०७५ मा निर्माण सम्पन्न गरिने बेगखोला खानेपानी तथा सरसफाई आयोजनाको कुल लागत ७ करोड ४ लाख ९२ हजार एकसय पचहत्तर रुपियाँ रहेको उहाँले जानकारी दिनुभएको छ ।
आयोजनाका लागि चालु आवमा ६० लाख रुपियाँ विनियोजन भएको र आयोजनाको काम तिव्ररुपमा अगाडी वढेको प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार गत आवमा ३२ लाख ४८ हजार वरावरको काम सम्पन्न भइसेको छ ।
बेगखोलामा मुहान देखि ट्याङकी सम्मको पाइपलाइन विस्तार गर्ने काम सकिएको छ भने अहिले एकसय घनमिटरको १ लाख लिटर पानी संकलन गर्न सकिने क्षमता भएको ट्याङकी निर्माण कार्य भइरहेको उपभोक्ता समितिका अध्यक्ष पुर्ण परियारले बताउनुभयो । यसै गरि बाँदुक गाउँको खानेपानी योजनाको काम पनि अगाडी वढेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।