ताजा समाचार:
Search

म्याग्दीका सरोकारवाला धौलागिरी चक्रिय पदमार्गको वस्तुस्थिती अध्ययनमा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ११ जेठ ।
म्याग्दीका सरोकारवालाहरुको टोलीले म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी चक्रीय पदमार्गको बस्तु अवस्थाको अध्ययन सुरु गरेको छ ।

धौलागिरी पर्यटन विकास परिषद् म्याग्दीको पहलमा धौलागिरी चक्रिय पदमार्गको अवस्था, समस्या, आवश्यकता र सम्भावनाको पहिचान गर्न एक टोली मंगलबार त्यसतर्फ गएको हो ।
टोलीमा जिल्लामा क्रियाशिल राजनितिक दल, विषयगत सरकारी कार्यालय, प्राबिधिक, पर्यटनको क्षेत्रमा काम गर्ने व्यक्ति, गैरसरकारी संस्था र पत्रकार गरि २० जनाको सहभागिता रहेको परिषद्का सचिव घनश्याम खड्काले बताउनुभयो ।

dhaulagiri himal 1

कम्तीमा सात दिन लगाएर धौलागिरी आधार शिवीर सम्म पुगेर फर्कने टोलीले धौलागिरी चक्रिय पदमार्गको विकासका लागि आवश्यक योजना र सम्भावनाको पहिचान गर्ने खड्काले बताउनुभयो ।

राउण्ड धौलागिरीको बस्तु अवस्था अध्ययनका लागि जिविसले परिषद्लाई तिन लाख रुपैया बजेट उपलब्ध गराएको छ । यसअघिको दुई वर्ष पनि बजेट छुट्टीएपनि सरोकारवालाको बेवास्ता र तालमेल नमिल्दा अध्ययन हुन सकेको थिएन् । पचास बर्षअघि धौलागिरी हिमालको आरोहण भएको थियो ।

आरोहण भएको पचास बर्षपछि सो क्षेत्रमा पुर्वाधार निर्माण गरि पर्यटन विकास र प्रर्वद्धन गर्नका लागि आवश्यक योजना पहिचान गर्न सरोकारवालाले चासो दिएका हुन् । धौलागिरी हिमाल आरोहणसंगै मुस्ताङ निस्कने सो पदमार्ग सम्भावनायुक्त भएपनि पुल, पदमार्ग, होटल तथा लजको अभाव र प्रचारप्रसारको कमीले ओझेलमा परेको छ ।