विकल्प न्यूज/बेनी
जेठ १७ गते । बेनी नगरपालिका १३ सिङगा तातोपानीमा कृषि उपज संकलन तथा विक्रि वितरण केन्द्र स्थापाना गरिएको छ ।
कृषि विकास कार्यालय म्याग्दीको सहयोग ७ लाख रुपियाँ सहयोग,तातोपानी कृषि सहकारी संस्थामा आवद्ध किसानहरु र स्थानीयहरुको एकलाख २५ हजार वरावरको जनश्रमदानमा निर्मित भवन नवौ गणतन्त्र दिवसका अवसरमा आइतवार म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशव राज आचार्य र स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले उद्घाटन गर्नुभएको हो ।
विक्रि केन्द्र स्थापना भएपछि यस क्षेत्रका किसानहरुलाई कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरिएको छ । भवनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले भवनको सहि सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
उहाँले तातोपानी क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्दै कृषि पेशालाई व्यवसायिककरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले, वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल सिचाई सव डिभिजन कार्यालय म्याग्दीका प्रमुख रमेशराज शर्माले नवनिर्मित कृषि उपज संकलन केन्द्रलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा शुभकामना कृषि सहकारी संस्था सिङगाका अध्यक्ष केदारनाथ पौडेल,तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले कृषि उपज संकलन केन्द्रले तातोपानी क्षेत्रका किसानहरुले उत्पादन गरेको कृषि उपजको विक्रि वितरणमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमा तातोपानी कृषि सहकारी संस्थाका अध्यक्ष तुलप्रसाद श्रेष्ठको अध्यक्षता सचिव मिना खत्रीको सञ्चालन गरेको कार्यक्रममा संस्थाकी उपाध्क्ष उजेली श्रीस मगरले गर्नुभएको थियो ।