विकल्प न्यूज/बेनी
जेठ १२ गते । बेनी नगरपालिका ९ गलेश्वर स्थित वृद्धाश्रममा लामो समय देखि वस्दै आएउनुभएका प्रमानन्द गिरिको आँखाको उपचारका लागि ओमकुमारी शान्तिकोषले १० हजार रुपियाँ सहयोग गरेको छ ।
आँखाको अप्रेशन गर्न आर्थिक समस्या भएपछि गिरिले ओमकुमारी शान्तिकोष समक्ष सहयोगका लागि गुहार्नु भएको थियो । बुधवार ओमकुमारी शान्तिकोषका संस्थापक अध्यक्ष चन्द्रमार केसी र अध्यक्ष राजेश शाक्यले गिरिको आँखा उपचारका लागि सो रकम हस्तान्तरण गर्नुभएको छ ।