ताजा समाचार:
Search

गणतन्त्र दिवसको अवसरमा सरसफाइ

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ जेठ ।
गणतन्त्र दिवसको अवसरमा शुक्रबार बेनी बजार स्थित दरवाङ बसपार्क क्षेत्र र म्याग्दी नदी किनारमा सरसफाइ गरिएको छ ।

गणतन्त्र दिवस मुल समारोह समिति र वास पत्रकार मञ्चको आयोजनामा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल,बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदी लगायत कार्यालय प्रमुख, राजनीतिक दल, नेपाली सेना, सुरक्षाकर्मी, उद्योग वाणिज्य संघ, निजामति कर्मचारी र स्थानीय बासीन्दाहरुले सरसफाइ गरिएको हो । DSC02216
वास पत्रकार मञ्च नेपाल, म्याग्दीले प्रत्येक शनिबार गर्दै आएको कालीगण्डकी – म्याग्दी नदी वृहत सरसफाई अभियानलाई गणतन्त्र दिवस पारेर शुक्रबार आयोजना गरिएको हो । यो संगै धार्मीक, पर्यटकीय र सांस्कृतीक हिसाबले महत्वपूर्ण मानिएको कालीगण्डकी म्याग्दी नदीमा प्रदुषण न्युनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको सरसफाइ अभियान छैठौ हप्तामा प्रवेश गरेको छ । छैठौ हप्ताको सरसफाइ कार्यक्रममा निजामति कर्मचारीहरुको उत्साजनक सहभागिता रहेको वास पत्रकार मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यले बताउनुभयो । DSC02222
नदी किनार र बसपार्क क्षेत्रमा रहेको फोहोर संकलन गरेर नगरपालिकाको ट्याक्टरमा राखेर व्यवस्थापन गरिएको थियो । त्रिदिवसीय कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने योजना अनुसार शुक्रबार विभिन्न मन्दिरहरुमा पुजापाठ गरिएको थियो । यसैगरी आईतबारसम्म सरकारी कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम छ । शनिबार बेनी बजारमा प्रभातफेरी र समारोहको आयोजना गरिने भएको छ ।

आईतबार बाबियाचौरमा कृषि बजार स्थलको उद्घाटन गरेर साँझ दिपावली गरि दिवस समापन गर्ने जनाइएको छ । वि.स २०६५ जेठ १५ गते पहिलो संबिधानसभाको बैठकले नेपालमा बिधिवत रुपमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको घोषणा गरेको दिनको खुसीयालीमा दिवस मनाउने गरिएको छ । गणतन्त्र दिवस मनाउन म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर तयारी गरिएको थियो ।