ताजा समाचार:
Search

ट्रेड युनियन निर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया तथा प्रशिक्षण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ जेठ ।
आगामी हप्ता हुन लागेको ट्रेड युनियन निर्वाचनलाई लक्षित गरेर नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती म्याग्दीले बुधबार बेनीमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

संगठनका अध्यक्ष दिपकलाल पालको अध्यक्षता, सचिव सुवास रेग्मीको सञ्चालन र मेखबहादुर हमालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा ट्रेड युनियन निर्वाचनमा संगठनको एजेण्डा, चुनावी रणनीतीका विषयमा छलफल भएको थियो ।Karmachari Sangatha (1)

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य गोविन्द पौडेलले प्रभावकारी जनसेवा प्रवाह र राजनैतीक अधिकार सहितको पेशागत अधिकार सुनिश्चिततामा जोड दिनुभयो ।

निजामती संगठनका ४ नम्बर प्रदेश ईञ्चार्ज अम्बादत्त भट्ट र महासंघका ईञ्चार्ज प्रेम खनालले टे«ड युनियन आन्दोलनलाई मर्यादित र ब्यवस्थित बनाउने एजेण्डा सहित चुनावी मैदानमा उत्रिएको र माओवादी घटकहरुको एकताको उत्साहजनक प्रभाव संगठनमा परेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र म्याग्दीका कोषाध्यक्ष शेरबहादुर केसी, कर्मचारी बिभाग प्रमुख सोमनाथ ढुंगाना, जिल्ला सदस्य कमल केसी, वुद्धी पुन, अनेमसंघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष ज्योती लामिछाने लगायतको उपस्थिती रहेको कार्यक्रममा कर्मचारी संगठनका केन्द्रिय सदस्य भिमबहादुर खड्काले संगठनको अवस्था, रणनिती र योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।