ताजा समाचार:
Search

पदयात्रा र शैक्षिक सामाग्री वितरण गरेर जेसीज सप्ताह सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ जेठ ।
सदरमुकाम बेनीमा रहेको म्याग्दी जेसीजले शुक्रबारदेखि बिबिध कार्यक्रम गरेर जेसीज सप्ताह २०१६ मनाउन सुरु गरेको छ ।

सप्ताहको पहिलो दिन सदरमुकाम बेनी देखि पर्वतको मल्लाजसम्म पदयात्राका साथै दुई वटा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । माझफाँटमा रहेको विद्याज्योती उच्च मावि र विन्धबासीनी प्राविका ३८ जना विद्यार्थीलाई कापी र कलम वितरण गरिएको हो ।IMG_0009

म्याग्दी जेसीजका अध्यक्ष भिमसेन बराईलीको अध्यक्षता, पुर्व अध्यक्ष नवराज पौडेलको सञ्चालन र माझफाँटका अगुवा युवा नबिन जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्मा र नेपाल जेसीजका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले मन्तब्य व्यक्त गरिएको थियो ।

शैक्षिक सामाग्री वितरण गर्नुअघि कालीपुल डिलफाँट पदमार्ग हुदै मल्लाज दरबारसम्म पदयात्रा गरिएको थियो । पदयात्राको म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले उद्घाटन गर्नुभएको थियो । बालमन्दीर प्राबीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक सहयोग गर्ने सामाजिक उद्देश्यले पदयात्राको आयोजना गरिएको हो ।

पदयात्रामा सहभागिहरुलाई एक हजार रुपैयाका दरले टिर्सट बिक्री गरेर भएको आम्दानीले कालीपुल स्थित बालमन्दिर प्राबीका १३३ जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री वितरण गरिने म्याग्दी जेसीजका महासचिव शुशिल थकालीले बताउनुभयो ।

पदयात्रामा बेनी स्थित सरकारी कार्यालयका प्रमुख, ब्यवसायी, विभिन्न संघ संस्था, बैंक, सहकारीमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । आगामी शुक्रबार सम्म विभिन्नि कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने महासचिव थकालीले बताउनुभयो ।तस्विर प्रताप बानियाँ